निजामती सेवा तहगत संरचनामा रहने सहमति गरेका छौँ : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा तहगत संरचनामा रहने सहमति भएको बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विधेयकमाथिको दफावार छलफलका क्रममा सहमति गरेको सभापति खतिवडाले बताए ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिमा छलफल भएको थियो । विधेयकमाथि समितिमा छलफल र सहमति हुँदै आएको छ ।
हाल निजामती सेवा श्रेणीगत संरचनामा रहेकोमा संघीय निजामती विधेयकको दफा ६ मा निजामती सेवा चौधौँ तहसम्म रहने गरी व्यवस्था गरिएको छ ।
Published : Thursday, 2025 February 13, 9:51 pm
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया