सभापति देउवालाई भ्रातृ संस्थाहरूको अधिवेशनबारे बिफ्रिङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्थाहरूको अधिवेशनका विषयमा परामर्श गरेका छन् ।
बिहीवार वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति देउवाले पदाधिकारी र विभिन्न भ्रातृ संस्थाहरूसँग छलफल गरेका हुन् । देउवाले चैत महिनाभित्र अधिवेशन गर्नुपर्ने विषयमा विवरण लिएका छन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केही चुनौती भएपनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताएका छन् । उनले भ्रातृ संस्थाका निर्देशन समिति र प्रमुखहरूसँग अधिवेशन तयारीका बारेमा छलफल भएको बताए ।
तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न पार्टीले गर्नुपर्ने सहयोगका बारेमा सुझाव लिएको प्रवक्ता डा.महतले बताएका छन् ।
उनले भने, ‘भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्न सिनियर साथीहरूलाई राखेर निर्देशक समिति गठन गरी अधिवेशन चैतसम्म गर्ने भनेर पार्टीले निर्णय गरेको थियो, त्यसैको प्रगतिका बारेमा नेतृत्वमा प्रस्तुत गर्ने र पार्टीले कसरी मद्दत गर्नसक्छ भन्ने बारेमा उहाँहरूसँग छलफल केन्द्रित भयो ।’
सभापति देउवालाई भ्रातृ संस्थाका निर्देशक समितिका संयोजक र संस्थाका प्रमुखहरूले अहिलेसम्मको अवस्था ब्रिफिङ गरेको नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बताएका छन् । अध्यक्ष गुरुङले तरुण दल तोकिएको समयमा अधिवेशन गर्न तयारी अवस्थामा रहेको र पार्टीको निर्देशनलाई कार्यान्वयन गर्ने बताए ।
महामन्त्री गगन थापाले भ्रातृ संस्थाको अधिवेशन गराउन पार्टीले सहयोग गर्ने बताए । थापाले चैतपछि अवधि थप्न नसकिने बताएका छन् ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया