महन्थ ठाकुरको अभिव्यक्तिले सरकारलाई नैतिक संकट, समीकरणमा असर नपर्ने

मलङ्गवा । अध्यादेशलाई लिएर सरकारबाट बाहिरिने अवस्था आउन लागेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले बताएपछि सत्ता गठबन्धनभित्र तरंग उत्पन्न भएको छ ।
लोसपा सरकारबाट बाहिरिए पनि अंकगणितमा कुनै असर पर्ने छैन । तर, प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई नैतिक दवाव भने पर्नेछ ।
बिहीबार गृहजिल्ला सर्लाहीको मलङ्गवामा लोसपाका अगुवा कार्यकर्ता भेटघाटका कार्यक्रममा अध्यक्ष ठाकुरले नैतिकताका आधारमा सरकार छाड्नुपर्ने अवस्था सिर्जना भएको बताए ।
उनले भने, ‘सरकारले ल्याएको भूमिसम्वन्धी अध्यादेश हाम्रो पार्टीले अस्वीकार गर्ने निर्णय गरिसकेको छ । यो अवस्थामा नैतिकताको हिसाबले पनि सरकारमा बसिरहन उपयुक्त हुँदैन । हामी अब यो सरकारबाट बाहिरिन सक्छौँ ।’
लोसपाले एक मन्त्री पाएको छ । लोसपाको तर्फबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् ।
कुनै राजनीतिक उद्देश्य वा कसैको उक्साहटमा अध्यक्ष ठाकुरले सरकार छाड्न लागेको अभिव्यक्ति दिएका हुन् वा बार्गेनिङका लागि बोलेका हुन् रहस्य छ । भण्डारीलाई सरकारबाट फिर्ता बोलाएर शर्वेन्द्रनाथ शुक्लालाई मन्त्री बनाउन अध्यक्ष ठाकुरलाई दवाव पर्दै आएको छ । यसअघि पनि शुक्ला मन्त्री बन्ने पालो थियो । भण्डारीले रातारात चलखेल गरेर शुक्लालाई पछाडि पारेर मन्त्री पदमा कब्जा गरेका थिए ।
लोसपाले सरकार छाडे पनि एमाले र कांग्रेसको समीकरणमा असर पर्ने छैन । उता, उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पनि अध्यादेशमा असहयोग गर्ने जनाइसकेको छ । दुई वटा पार्टीले अध्यादेशलाई असहयोग गर्ने भनेपछि राष्ट्रिय सभामा अध्यादेश पास गराउन सरकारलाई निकै कठिनाइ हुनेछ ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया