तरुणहरूसँग सभापति शेरबहादुर देउवाले ठूलो भरोसा राख्नुभएको छ : महालक्ष्मी उपाध्याय

काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री समेत रहेकी नेपाल तरुण दल निर्देशन समितिकी संयोजक महालक्ष्मी उपाध्याय ‘डीना’ले आफू तरुण दलको जम्बो कार्यसमितिको विरोधमा रहेको बताएकी छिन् ।
बुधबार वीपीनगर, ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै सहमहामन्त्री उपाध्यायले कांग्रेसको पदाधिकारी बैठकमा ४ सय सदस्यीय कार्यसमिति बनाउने भन्दा आफूले मात्रै विरोध गरेको बताइन् । तर, पार्टी सभापति शेरबहादुर देउवाले तरुणहरूले काम गर्ने भएको हुँदा १ हजार बनाउन पनि सकिने भनेर कुरा राखेको बताइन् ।
‘संगठन बनाउने क्षमता भएको तरुण दल मात्रै हुन्छ । संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने संरचना भएको हुनाले तरुण दलले के गर्नुपर्छ र दायरा के हो भनेर फराकिलो दायर बनाएर जानुपर्छ’, उनले भनिन् ।
‘दायरा फराकिलो बनाएर जानुपर्छ । ४ सय सदस्यीय बनाउँदा त्यो ४ सय सदस्यीय बनाउनु हुँदैन भन्ने पदाधिकारी बैठकमा बोल्ने म पनि हुँ । मैले विरोध गरेको हुँ । जम्बो जेट बनाएको बनाएर बन्छ भन्दा पार्टी सभापतिले के भन्नुभयो भन्दा म त हजार बनाउन चाहन्छु, तरुण दलले काम गर्छन् नि । शेरबहादुर दाईले तरुणले काम गर्छन् भन्नुभयो’, नेतृ उपाध्यायले भनिन् ।
उनले भनिन्, ‘तरुण दलको अधिवेशन हुन्छ भनेर हिँड्नु होला । एक दिन पनि नबसिकन काम गर्नु होला । अब तरुण दलको अधिवेशन हुन्छ ।’
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया