कांग्रेसको मेरुदण्ड तरुण, अनुशासन र संस्कार सिक्नुपर्छ, नेतालाई गाली गर्न सजिलो छ : सरिता प्रसाईं

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी नेपाल तरुण दल ५औँ महाधिवेशन निर्देशन समितिकी सदस्य सरिता प्रसाईंले तरुण दलले पार्टीका नेताहरूलाई मिलाउन सक्ने ताकत राख्ने संगठन रहेको बताएकी छिन् ।
बुधबार वीपीनगर, ललितपुरमा बसेको नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै नेतृ प्रसाईंले तरुण दल नेपाली कांग्रेसको मेरुदण्ड रहेको बताइन् । उनले तरुण दल भनेको बिग्रेको संगठनलाई बनाउने संगठन भएको पनि बताइन् ।
उनले भनिन्, ‘तरुण दल भनेको पार्टीको मेरुदण्ड हो । बिग्रेको संगठनलाई सुधार गर्ने तरुण दल हो । नेताहरूमा असमझदार हुन्छ । तरुण दलले खबरदारी गर्न सक्नुपर्छ ।’
उनले भनिन्, ‘तपाईहरूले पनि हामीलाई सुझाव दिनुपर्छ । खै तपाईहरूले हामीलाई सुझाव दिनु हुन्न । विद्वानजीको मात्रै जिम्मेवारी त होइन होला नि । केन्द्रीय अध्यक्षको मात्रै त जिम्मेवारी होइन होला । केन्द्रीय कार्यसमितिको साथीहरू हुनुहुन्छ । बस्नुस् । सरसल्लाह गर्नुस् ।’
‘संगठनको अनुशासन र मर्यादालाई पनि ध्यान दिनुपर्छ । संस्कार सिक्नुपर्छ । नेताहरूलाई गाली गर्न सजिलो छ’, उनले भनिन्, ‘त्यो ठाउँमा राखेर हेर्नुस् त । अधिवेशन गर्नु भएन भने तपाईहरूलाई पनि कार्यकर्ताले छाड्दैनन् ।’
प्रसाईंले भनेकी छिन्, ‘अधिवेशन गर्ने जिम्मेवारी केन्द्रीय कार्यसमितिको हो । रहर लाग्दैन तपाईहरूलाई चुनाव जितेर आउन ।’
उनले भनिन्, ‘तरुण दल भनेको नेविसंघभन्दा माथि पार्टीभन्दा मुन्तिर । पार्टीको झगडा भयो । नेताहरूको बीचमा झगडा भयो । हामीले नेताहरूको बीचमा समझदार गरेर उहाँहरूलाई एक बनाएर लैजानका लागि हौँ हामी ।’
‘हामी तरुण दलको केन्द्रीय समितिमा हुँदै गर्दा किशुनजी र गिरिजाबाबु टाढा हुनुहुन्थ्यो’, उनले भनिन्, ‘थापाथलीमा पार्टी कार्यालय उद्घाटन गर्ने बेलामा नेताहरू आउने कि नआउने भनेर धेरै कुरा आयो । हामीले गएर किशुनजीलाई भन्यौ तपाई आउनुपर्छ । गिरिजाबाबु तपाईले भन्नुपर्छ भनेर फोन गर्न लगाएर एउटालाई झण्डा बोकाएर अर्कोलाई बत्ती बाल्न लगाएर पार्टी कार्यालय उद्घाटन गरेका छौँ ।’
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया