कांग्रेसलाई तरुण दलप्रति भरोसा छ, हामी महाधिवेशन गर्न सक्छौँ : अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पार्टी सभापति शेरबहादुर देउवाले तरुण दललाई पूर्णरुपमा सहयोग गरेको बताएका छन् ।
बुधबार वीपीनगर, ललितपुरमा बसेको तरुण दलको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त बबैठकलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाज्यूले तरुण दललाई सबैभन्दा धेरै सहयोग गर्नुभएको छ । अन्य नेताहरूले पनि सहयोग गर्नुभएको छ ।’
‘हामीले गरेका सबै निर्णयलाई सभापति शेरबहादुर दाईले सहयोग गर्नुभएको छ’, अध्यक्ष गुरुङले भनेका छन् । उनले आफू जिल्ला अध्यक्षहरूको पक्षमा दैनिक रुपमा बचाउ गर्दै आएको बताए ।
उनले जिल्ला अध्यक्षहरूले काम गरे पनि कतिपय कुरामा ढिलासुस्ती गरिहेको बताए । पूर्ण सदस्यता वितरणमा ढिलाइ हुँदा महाविधेशनलाई असर पर्न सक्ने विषयमा अध्यक्ष गुरुङले केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूलाई सचेत गराएका छन् ।
उनले भने, ‘साधारण सदस्यता नै जिल्ला अध्यक्षहरूले बाँड्नु भएको छैन । केही जिल्लाहरूले बाँड्नुभएको छ । अब साधारण सदस्यता र क्रियाशील सदस्यता सँगसँगै बाँड्नुपर्ने भएको छ ।’
‘जिल्ला अध्यक्षहरूको हकमा । तपाईहरूको पक्षमा त म सधैँ लडेको लडै छु । अध्यक्षहरूलाई थाहा छ । तपाईहरू कसैको पार्टी सभापतिसँग राम्रो छैन । कसैको केन्द्रीय सदस्यसँग राम्रो छैन’, उनले भने, ‘दैनिक दश वटा जिल्लाको अध्यक्षको पक्षमा सधैँ लडेको छु ।’
अध्यक्ष गुरुङले भने, ‘फागुनको पहिलो हप्ताभित्र तपाईहरू कार्यसूची बनाएर आउनुस् । हामी सहयोग गर्न तयार छौँ । केन्द्रमा पठाइदिनुभयो भने र हामीले चाह्यौँ भने एक महिनाभित्र महाधिवेशन गर्न सक्छौँ । तरुण दलले मात्रै समयमा महाधिवेशन गर्न सक्छ ।’
‘पार्टीलाई तरुण दलप्रति आशा र भरोसा छ । केन्द्रीय सदस्य साथीहरूले अध्यक्षहरूले अहिलेसम्म गरेको निर्णय मानिदिनुभएको छ । सहयोग गर्नुभएको छ’, उनले भने ।
उनले भने, ‘नेपाल तरुण दल नेपाली कांग्रेसको भ्रातृ संस्था हो । कहिले काहिँ पार्टीले भनेको हामीले मान्नु पर्ने हुन्छ । पार्टीको निर्देशनअनुसार निर्णय गर्दै आएका छौँ ।’
‘महाधिवेशनको मुखमा अध्यक्षहरू चयन गर्दा विभिन्न समस्याहरू थिए । जसले गर्दा हामीले पुरानै अध्यक्षलाई जिम्मेवारी दियौँ । महाधिवेशन गर्न सहज हुन्छ भनेर । जिल्ला अध्यक्षहरूलाई कार्यसमिति विस्तार गर्नुस् भनेर अधिकार दिएको थिएँ’, उनले भने ।
‘केही जिल्लाहरूले दुई वर्षमा कति पटक बैठक राख्नुभयो । ४ सय जनाको केन्द्रीय समितिमा आफ्ना कुराहरू राखेका छौँ’, उनले भने, ‘मनमुटाव छभने आपसी सहमतिमा मिलाएका छौँ ।’
अध्यक्ष गुरुङले भने, ‘को को केन्द्रीय सदस्य साथीहरू जिल्ला जानु हुन्छ । हामी हेर्छौं । तरुण दलको पहिलो केन्द्रीय समितिको बैठकमा सबैभन्दा बढि महाधिवेशनको कुरा उठाउने साथीहरू आज यहाँ कोही छ ? ठूला कुरा गर्ने कता गए । निर्देशन समिति आएको छ । सल्लाह गरेर आगाडि बढेका छौँ ।’
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया