सरकारसँग मिलेर जाँदा नै उपेन्द्र यादवलाई फाइदा, बढ्ता गरे ‘सीपी’ बन्ने सम्भावना

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवको व्यक्तिगत स्वार्थको राजनीतिका कारण उनलाई भविष्यमा झन् ठूलो क्षति हुने सम्भावना देखिएको छ ।
अध्यक्ष यादवले केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरेका छन् । सरकारलाई समर्थन गरिसकेपछि सैद्धान्तिक रुपमा सरकारले ल्याएका अध्यादेशहरूलाई समर्थन गर्नुपर्ने थियो । तर, उनले आफ्नो व्यक्तिगत स्वार्थलाई पूरा गर्न विभिन्न माग र बखेडा झिकेपछि भविष्यमा झन् क्षति हुने सम्भावना छ । राजनीतिमा कहिले काहिँ क्षतिलाई पनि स्वीकार गर्नुपर्छ । एमाले र नेपाली कांग्रेसको अहिलेको सरकारसँग जोडिदा अध्यक्ष यादवलाई क्षति हुँदैन । उनलाई फाइदा नै हुन्छ ।
सरकारलाई अहिले अध्यादेशका कारण माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समस्या बनाउन खोजेका छन् । संसदमा माओवादी र रास्वपाले निकै असहयोग गरिरहेका बेला जसपा नेपालका अध्यक्ष यादवको भूमिका पनि शंकास्पद देखिएको छ । यादवले अहिले सरकारलाई सहयोग गर्दा नै उनको भलो हुनेछ । होइन भने एमाले र कांग्रेस जस्ता ठूला दलसँग टक्कर लिएर हिँड्नु अध्यक्ष यादवलाई क्षति नै हुनेछ ।
अध्यक्ष यादवले अध्यादेशहरूलाई समर्थन गर्ने सर्तमा विभिन्न लाभका मागहरू अगाडि सारेपछि समस्या भएको छ । यदवले कि सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्ष दलको सिटमा बसेर जबरजस्त आवाज उठाउनु पर्छ । होइन भने सरकारलाई समर्थन गरेर सरकारलाई असहयोग गर्ने कुरा सैद्धान्तिक होइन ।
चीन निकट रहेको अभियोग खेप्दै आएका अध्यक्ष यादवको यहि दोहोरो चरित्रले गर्दा खुच्चिएर सानो आकारमा आइपुगेका छन् । अझै पनि अध्यक्ष यादवले आफूलाई सुधार नगर्ने हो भने सीपी मैनालीको अवस्थामा पुग्ने सम्भाना छ । जसपा नेपाललाई कसले र कसको निर्देशनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फुटाइदिएका थिए यसको जानकारी अध्यक्ष यादवलाई हुनुपर्छ । एमाले र कांग्रेसको विश्वास जित्न अध्यक्ष यादवले सरकारले ल्याएको अध्यादेशहरूमा सहयोग गर्दा नै राजनीतिक भलो हुनेछ ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया