बैजनाथमा छ जनाको समूहद्वारा धारिलो हतियार प्रहार गरी २८ वर्षीय युवकको हत्या

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले १८ वर्षीय दिनेश रोकायाको हत्या गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका २ की मनीषा राना, ३४ वर्षीय रामबहादुर राना, १८ वर्षीय भिजन नेपाली रहेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा जाजरकोटको शिवालय गाउँपालिका वडा नं. ७ बस्ने २९ वर्षीय हिमबहादुर बुढा, दाङको बबई गाउँपालिका वडा नं. ६ बस्ने २७ वर्षीया अमृता डाँगी र बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ८ बस्ने १८ वर्षीय सुजन बुढा रहेका छन् ।
माघ २५ गते बैजनाथ गाउँपालिका वडा नं. ८ बिच लाईन बस्ने सुवास बुढाको विवाहमा झैझगडा हुँदा धारिलो हतियार प्रहार गरी ६ जनाको समूहले दिनेश रोकायालाई सख्त घाइते बनाएका थिए ।
सख्त घाइते दिनेश रोकायालाई उपचारका लागि भारतको लखनउ लगिएको थियो । उनको माघ २७ गते बिहान ३ बजे उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
पक्राउ परेका छ जनालाई बाँके जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया