हामी सबै सरकारमा बसिसकेका छौँ, सरकार फेरिए पनि पूर्वाधार निर्माणको गति उस्तै छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारी आयोजनाको भवन र सडक निर्माणमा किन ढिलाइ हुन्छ भनेर प्रश्न उठाएका छन् ।
आइतबार काठमाडौंमा निर्माण व्यवसायीहरूसँगको छलफलमा महामन्त्री थापाले सरकारी भवन र सडकहरू समयमा गुणस्तरीय बनाउनुपर्ने बताए । उनले निजी घर व्यक्तिले समयमा र गुणस्तरीय बनाउने गरे पनि सरकारी काम वर्षौंसम्म पनि सम्पन्न नगर्ने गरिएको बताए ।
थापाले भने, ‘हामी हाम्रो निजी घर समयमा बनाउन सक्छौँ । तर, सरकारी आयोजना चाहे त्यो सडक होस् वा भवन कहिल्यै पनि समयमा सम्पन्न हुन सक्दैन । यस्तो किन होला ?’
‘हामी सबै सरकारमा बसिसकेका छौँ । तर, सरकार फेरिए पनि पूर्वाधार निर्माणको गति उस्तै छ’, उनले भने, ‘अब एक–अर्कालाई आरोप लगाउने होइन, समाधान खोज्नु आवश्यक छ ।’
‘सरकारी खर्चमा बन्ने पूर्वाधारहरूलाई तीव्र गतिमा, अझ चाँडो र प्रभावकारी रूपमा कसरी सम्पन्न गर्न सकिन्छ ? त्यसको निम्ति समस्या मात्र उठाउने होइन, समाधान निकाल्ने प्रयास प्रारम्भ गरेका छौँ’, महामन्त्री थापाले भने ।
सरकारी कर्मचारीहरू कै कारण सरकारी आयोजनाअन्तर्गतका भवन र सडकहरू समयमा निर्माण हुँदैनन् । कर्मचारीलाई मिलाउन खोज्दा ठेकेदारहरूको खर्च र लागत बढिरहेको हुन्छ ।
कानूनी कठिनाइ, सरकारी कर्मचारीको असहयोग, राजनीतिक हस्तक्षेप, गुण्डाहरूको डरधम्की लगायतका कारण पनि सरकारी कामलाई असर पुगेको हुन्छ ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया