सभापति देउवाद्वारा घोराहीमा वेसिक साइन्स प्रयोगशालाको उद्घाटन

घोराही । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाल भवनको उद्घाटन गरेका छन् ।

आइतबार दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बेसिक साइन्स प्रयोगशाला भवनको उद्घाटन गरेका हुन् । देउवाले प्रतिष्ठनको अवलोकन पनि गरेका छन् ।

सभापति देउवाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४ सय बेडको भवनको लागि पहल गर्ने आश्वासन दिएका छन् । कांग्रेसकै पालामा प्रतिष्ठान अघि बढेको बताउँदै देउवाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र बिस्तारमा भूमिका खेल्ने बताएका छन् ।

Published : Sunday, 2025 February 9, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया