हामी मिले कांग्रेसलाई कसैले हराउन सक्दैन, पार्टीभित्र एकता जरूरी : सभापति देउवा

घोराही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र बलियो एकता हुन सके कुनै शक्तिले परास्त गर्न नसक्ने बताएका छन् ।
आइतबार नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति देउवाले त्यसका लागि पार्टीभित्र बलियो एकता जरूरी रहेको बताएका छन् । उनले पार्टीभित्र नेता तथा कार्यकर्ताहरूलाई एकढिक्का हुन आग्रह गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘हामी मिले कसैले हराउन सक्दैन, त्यसकारण पार्टीभित्र एकता हुन जरूरी छ ।’
‘पार्टीभित्र बलियो एकता कायम हुन सके कुनै निर्वाचनमा कांग्रेसलाई कसैले हराउन सक्दैन’, देउवाले भने, ‘पार्टीलाई बलियो बनाउन विकासका काममा समेत कांग्रेसका नेता तथा कार्यकर्ताहरू एकजुट भएर लाग्न आवश्यक छ ।’
कार्यक्रममा दाङ कांग्रेसका सभापति शंकर डाँगीका साथै केन्द्रीय सदस्यहरू बालकृष्ण खाण, दीपक गिरी, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरे, पूर्वमुख्यमन्त्री समेत रहेका लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, लुम्बिनी प्रदेश कांग्रेसका सभापति अमरसिंह पुन, उपसभापति राजु खनाल लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया