कैलालीमा परराष्ट्रमन्त्री डा.राणा विभिन्न कार्यक्रमहरूमा सहभागी (तस्बिरहरू)

धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणाले कैलाली जिल्लामा आधा दर्जनभन्दा धेरै कार्यक्रममा सहभागी भएकी छिन् ।
आइतबार कैलालीमा भएका विभिन्न कार्यक्रमहरूमा उनी सहभागी भएकी हुन् । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.राणा सोमबार पनि विभिन्न कार्यक्रमहरूमा सहभागी हुनेछिन् ।
डा.राणाले धनगढी उप–महानगरपालिका वडा नं. ११ को जोकैया नालामा नवनिर्मित २० मिटर लामो आर.सी.सी. पुलको उद्घाटन गरेकी छिन् ।
उनले धनगढी उप–महानगरपालिका वडा नं. १६ मा श्री बेहडाबाबा माध्यमिक विद्यालय, घसिटाको ८ कोठे भवनको पनि शिलान्यास गरेकी छिन् । उनले छिटै निर्माण हुने भवनबाट विद्यार्थीको पठन पाठनमा सहयोग हुने बताइन् ।
परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘मलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्नुभएकोमा आयोजकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’
उता, धनगढी उप – महानगरपालिकाद्वारा वडा नं. १९ आई गाउँमा नवनिर्मित श्री जनप्रिय आधारभूत विद्यालयको ८ कोठे भवनको उद्घाटन गरेकी छिन् ।
त्यसैगरी, परराष्ट्रमन्त्री डा.राणाले धनगढी उप–महानगरपालिकाको वडा नं. २ को वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन गरेकी छिन् ।
यसैबीच, कांग्रेस नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.राणा नेपाल विद्यार्थी संघ धनगढी उपमहानगर कार्यसमितिको कार्यक्रममा सहभागी भएकी छिन् ।
नेविसंघले आयोजना गरेको लागुऔषध दुर्व्यसनविरुद्धको बृहत पैदल यात्रा गरेको थियो । धनगढीको ट्राफिक चौराहादेखि रंगशाला चोक (पार्क मोड)सम्म पैदल यात्रा भएको थियो ।
परराष्ट्रमन्त्री डा.राणा पैदल यात्रामा सहभागी भइ लागुऔषध दुर्व्यसनविरुद्धको जनचेतना कार्यक्रमले युवापुस्तालाई सचेत गराउन सहयोग पुग्ने बताएकी छिन् ।













बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया