जोय मोडल हन्टको विजेता विवश र नेहा

काठमाडौं । जोय मोडल हन्ट नेपाल सिजन ९ को उपाधि विवश विष्ट र नेहा बुढाले जितेका छन् ।

विवश पुरुष र नेहा पहिलातर्फको शीर्ष विजेता बनेका हुन् । विजेता दुवैले विभिन्न पुरस्कार उपहारका साथमा क्याम्बोडियामा आयोजना हुने मिष्टर एण्ड मिस सेलिब्रेटी इन्टरनेसनल २०२५ मा नेपालको प्रतिनधित्व गर्दै जाने अवसर प्राप्त गरेका छन् ।

दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजित नवौं संस्करणको प्रतियोगितामा ३३ युवती र १७ युवाले प्रस्तुति दिएका थिए ।
नेपालकै वृहत् एवं प्रतिष्ठित मोडलिङ प्रतियोगीता फेसन, स्टाइल, ग्ल्यामरको अभूतपूर्व समायोजन रहेको थियो ।

प्रतियोगितामा आदित्य थपलिया र मोना के.सी. फस्ट रनर अप तथा एलेन डंगोल र चाँदनी श्रेष्ठ सेकेन्ड रनर अप चुनिए । प्रतियोगिताको टप फाइभमा पुरुषतर्फ मनीष गौतम र प्रसुनकुमार तथा महिलातर्फ पूजासिंह राजपूत र रानी खड्का पुगेका थिए ।

स्मृति लम्साल, शिला र कासा जस्ता नेपालकै कहलिएका डिजाइनर ब्राण्डलाई पहिरिएर सहभागी युवतीहरू तथा ब्ल्याकबेरिज् र क्यान्टाविल जस्ता अन्तर्राष्ट्रिय ब्राण्ड पहिरिएर सहभागी युवाहरूले प्रतियोगिताको सुरुवातमा दमदार प्रस्तुति दिएका थिए ।

कार्यक्रमको निर्देशन रवि धमला र यतना पाण्डेले गरेका छन् । सुपर मोडल सविता कार्कीको कोरियोग्राफी रहेको प्रतियोगिता संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।

प्रतियोगितामा आवरण मोस्ट स्टाइलिस अवार्ड मनिष गौतम र जेनिता सेन्चुरीले प्राप्त गरेका छन् । केएफसी वेष्ट पर्सनालिटी विधामा सुजल श्रेष्ठ र डा.अनिमा भण्डारी उत्कृष्ट ठहरिएका छन् ।

रियलमी वेष्ट वाक विधामा छेवाङ शेर्पा र पूजासिंह राजपूत बाजी मार्न सफल भएका छन् । द वीच हाउस पब्लिक च्वाइसतर्फ आदित्य कौशल र सारु कार्की, डोली परियार विजेता बनेका छन् । आर्टेसियम प्रोडक्सन मोस्ट फोटोजेनिकतर्पm प्रसुन कुमार र अनुजा पौडेल, रिगाल फिटनेस मोडलतर्फ आयन चौधरी र वेष्ट फिगरमा नेहा बुढा विजेता चयन भएका थिए ।

विवश विष्ट र चाँदनी श्रेष्ठले क्यान्टाविल टप मोडलको अवार्ड प्राप्त गरे । खल्ती मोष्ट पपुलर विधामा कृतिका खड्का र खेमराज पोखरेल विजयी चयन भएका छन् ।

Published : Sunday, 2025 February 9, 1:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया