सभापति देउवालाई एमाले नेतृ कोमल ओलीद्वारा चखौरामा स्वागत

चखौरा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग एमालेकी केन्द्रीय सदस्य कोमल वलीले भेट गरेर दाङ जिल्लाको विकास निर्माणका विषयमा सहयोग माग गरेकी छिन् ।
शनिबार साँझ दाङको दङ्गीशरण गाउँपालिकास्थित चखौरामा सभापति देउवासँग भेटघाट गर्न पाउँदा खुशी लागेको नेतृ वलीले बताएकी छिन् । ‘वहाँलाई चखौरामा स्वागत गर्दै दाङको विकास निर्माण, विशेष गरी एयरपोर्ट सञ्चालनका विषयमा महत्वपूर्ण संवाद गर्ने अवसर मिल्यो’, गायिका समेत रहेकी एमाले नेतृ वलीले भनेकी छिन् ।
‘वहाँले एयरपोर्ट सञ्चालनका सन्दर्भमा सकारात्मक धारणा व्यक्त गर्नु भयो’, वलीले भनिन्, ‘दाङको समग्र विकास, पूर्वाधार विस्तार र क्षेत्रीय समृद्धिका विषयमा विचार विमर्श हुनुका साथै सौहार्दपूर्ण वातावरणमा रमाइलो राजनीतिक संवाद पनि भयो ।’
भेटघाटमा अन्य नेताहरूको समेत उपस्थिति थियोे । जसले गर्दा समसामयिक राजनीतिक विषयवस्तुहरूमाथि खुला छलफल गर्न सहज वातावरण बनेको नेतृ वलीले भनेकी छिन् ।
कांग्रेस सभापति देउवा चखौरामा आयोजित थारु साँस्कृतिक महोत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी हुन आएका थिए । देउवाले शनिबार दिउँसो थारु संग्राहलयको उद्घाटन र थारु अधिवेशनलाई सम्बोधन गरेका थिए ।
एमाले नेतृ वलीले चखौरा थारु संग्राहलय दाङको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, जसले थारु संस्कृति, परम्परा र इतिहासलाई जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको सभापति देउवालाई जानकारी गराएकी छिन् ।
‘यस्तो महोत्सवले स्थानीय संस्कृतिको संरक्षणसँगै पश्चिम दाङको विकासलाई टेवा पु¥याउने विश्वास लिएकी छु’, एमाले नेतृ वलीले भनेकी छिन् ।
सभापति देउवासँग एमाले नेतृ वलीले भेट गर्ने क्रममा कांग्रेसका नेताहरू बालकृष्ण खाण, दीपक गिरी, डिल्लीबहादुर चौधरी लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया