पाथीभरा केबलकारमा विवाद गर्न खोजेपछि अध्यक्ष ढकालले दिए जवाफ

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको बताएका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष ढकालले पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको आरोप लगाए । उनले पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरादेवी दर्शन केवलकार प्रालिको स्थापना भएको बताएका छन् ।
आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रीपरिषदको निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको उनले बताएका छन् ।
उनले भने, ‘फुङलिङ नगरपालिका– ११, काफ्लेपाटीदेखि पाथीभरा देवी मन्दिर परिसरभन्दा करिब ७०० मिटर पश्चिमसम्म २ दशमलव ७५ किलोमिटर लामो केबलकारमा ३६ वटा यात्रुवाहक गोन्डोला र दुईवटा सामान ओसारपसार गर्ने गोन्डोला रहनेछन् । केबलकार निर्माण भएपछि तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म पुग्न जम्मा १० मिनेट ३१ सेकेन्ड जति समय लाग्नेछ ।’
‘पाथीभरा केबलकारको अनुमानित लागत ३ अर्ब रुपियाँ रहेको छ । केबलकार निर्माणपछि करिब ३०० जनालाई प्रत्यक्ष रोजगारी प्राप्त हुनेछ’, ढकालले भने, ‘यसमा करिब ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइनेछ ।’
केबलकार निर्माण हुँदा तीर्थयात्री तथा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने र यसले स्थानीय उत्पादन (कृषि, घरेलु तथा हस्तकलाका सामग्री) प्रवरद्धनमा ठूलो भूमिका खेल्ने उनले बताएका छन् ।
उनले पाथीभरा केबलकार शिलान्यास भएसँगै केही व्यक्तिहरूले निर्माणका काममा अवरोध सृजना गर्ने र निजी लगानीलाई दुरुत्साहन गर्ने गतिविधि शुरु गरेको बताएका छन् ।
‘त्यतिमात्र नभएर निजी क्षेत्रलाई नै कलुषित गर्ने र उनीहरुका व्यवसाय, व्यक्तिगत प्रतिष्ठा र सम्मानमा आँच पुर्याउने खालका आक्षेपहरू लगाएका छन्’, उनले भने, ‘केबलकार आयोजनाको विषयलाई लिएर समग्र निजी क्षेत्रमाथि प्रहार गर्नु र समाज, अर्थतन्त्र र मुलुककै सम्मृद्धिमा उनीहरूको योगदानको अनादर गर्नु अत्यन्त दुखद् विषय हो ।’
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया