कला, संस्कृतिलाई आर्थिक उन्नति र उद्योग व्यवसायसँग जोड्नुपर्छ : मन्त्री न्यौपाने

चखौरा । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले अधिवेशनमा धेरै ठाउँबाट आएको भन्दै युवा पुस्तालाई कला र संस्कृतिसँग जोडिनुपर्ने बताए ।

शनिबार दाङको दङ्गीशरण गाउँपालिकाको चखौरामा अन्तर प्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले थारु समुदायको कला, संस्कृति जोगाउनुपर्ने बताए ।

उनले भने, ‘थारुसहित सबै समुदायको कला र संस्कृतिलाई पर्यटनसँग जोड्ने कि नजोड्ने ? समयसँगै उद्योगसँग जोड्ने की नजोड्ने ? थारु समुदायको कला, संस्कृति, परम्परालाई हामीले उत्पादनसँग आर्थिक रुपमा जोड्ने की नजोड्ने ? त्यसको लागि बहस गर्नुपर्ने बेलाए आएको छ ।’

मन्त्री न्यौपानेले भने, ‘कला र संस्कृतिलाई पर्यटन र आर्थिकरुपमा जोड्नुपर्छ । सधैँका लागि कला र संस्कृतिलाई व्यवसायीरुपमा जोड्नुपर्छ ।’

उनले भने, ‘थारु संस्कृतिक संघका केही प्राविधिक कुराहरू अड्कीएका छन् । त्यसलाई तरुन्तै थारु सांस्कृतिक संघ गठन गर्ने लुम्बिनी प्रदेश सरकार अगाडि बढेको छ ।’

कला र संस्कृति तथा आफ्नै उत्पादनलाई व्यवसायसँग जोड्न सकिएन भने युवाहरूको विदेशपलायन रोक्न नसक्ने मन्त्री न्यौपानेले बताएका छन् ।

Published : Saturday, 2025 February 8, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया