सभापति देउवाद्वारा थारु संस्कृतिक संग्राहलयको उद्घाटन, चखौरामा भव्य स्वागत

चखौरा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दाङको दङ्गीशरण गाउँपालिकाको चखौरामा रहेको थारु साँस्कृतिक संग्राहलयको उद्घाटन गरेका छन् ।
शनिबार बिहान चखौरा आइपुगेका सभापति देउवाले थारु साँस्कृतिक संग्राहलयको उद्घाटन गरेको लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।
संग्राहलयमा थारु सँस्कृति, थारु समुदायसँग जोडिएको खानपान, कृषि, रहनसहन लगायतका कुराहरू रहेका छन् । कांग्रेस नेता चौधरीको विशेष पहलमा चखौरामा थारु संग्राहलय निर्माण भएको हो ।
चखौरामा कांग्रेस सभापति देउवालाई नेता कार्यकर्ता र स्थानीयले भव्य स्वागत गरेका छन् । लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले पनि सभापति देउवालाई स्वागत गरेका छन् । कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाको नेतृत्वमा आन्तरिक मामिलामन्त्री धनेन्द्र कार्की, उद्योगमन्त्री प्रचण्डविक्रम न्यौपाने लगायतले स्वागत गरेका छन् ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया