परराष्ट्रमन्त्री डा.राणाद्वारा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणाले निसर्ग अस्पताल एण्ड रिसर्च अस्पतालका अध्यक्ष तीर्थराज पन्तलाई सम्मान गरेकी छिन् ।

शुक्रबार नेपाली कांग्रेस कैलालीको दोस्रो सम्मेलन उद्घाटनका क्रममा परराष्ट्रमन्त्री डा.राणाले स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएको भन्दै अस्पतालका अध्यक्ष पन्तलाई सम्मान गरिएकी हुन् ।

कांग्रेसमा आबद्ध सदस्यहरू र अति विपन्न वर्ग नागरिकका लागि स्वास्थ्य उपचारमा योगदान गरेको भन्दै डा.राणालाई अध्यक्ष पन्तलाई सम्मान गरेकी हुन् ।

धनगढीमा रहेको निसर्ग अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको छ । कांग्रेस नेतृ समेत रहेकी डा.राणाले निसर्ग अस्पताललाई आगामी दिनमा थप सेवाहरू गुणस्तरीय रुपमा प्रदान गर्न सकोस् भनेर शुभकामना पनि दिएकी छिन् ।

प्रविधिमा नवीनता ल्याउँदै धनगढीको हसनपुरस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

नेपाल मात्रै नभएर भारतका सीमावर्ती क्षेत्र उत्तराखण्डको बनबसा, खटिमा, लखिमपुर, पलिया, बनगाउँ, गौरीफन्टाका नागरिकहरू पनि आफ्नो स्वास्थ्य समस्याको समाधानका लागि निसर्ग हस्पिटलमा भरोसा राख्दै आएका छन् ।

Published : Friday, 2025 February 7, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया