विद्यालयमा शौचालय निर्माणदेखि शिक्षा, स्वास्थ्य र वातावरणीय क्षेत्रमा उल्लेख्य योगदान

काठमाडौं । सामाजिक क्षेत्रमा काम गर्ने संस्थाको रुपमा परिचित रोटरी क्लब अफ काठमाडौं डाउनटाउनले ग्रामीण क्षेत्रका विद्यालयलाई लक्षित गरी सर्वसुलभ शौचालय निर्माण गरिदिने भएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिकाको समुन्द्रा माविबाट प्रारम्भ गरिएको शौचालय निर्माण अभियानअन्तर्गत यस वर्ष चन्द्रभूमि आधारभूत विद्यालयमा शौचालय निर्माणको कार्य प्रक्रिया प्रारम्भ गरिएको छ ।
शौचालय निर्माणका लागि शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द थपलियाको विशेष उपस्थितिमा रोटरी क्लब अफ काठमाडौं डाउनटाउका अध्यक्ष राजकुमार बैदवार र निर्माण गर्ने आरसीसीका राजकुमार लामा एवं सुमन तामाङवीच सम्झौता भएको छ ।
चन्द्रभूमि आधारभूत विद्यालयमा शौचालय नभएकै कारण विद्यार्थीको संख्या निरन्तर घट्दै गएको जानकारी पाएपछि रोटरी क्लबले शौचालय निर्माण गरिदिने निर्णय गरेको थियो ।
विद्यालयमा शौचालय नभएकै कारण विद्यार्थी विद्यालय जान छोडेको घटनाले सो क्षेत्रलाई पीडित बनाएको अवस्थामा रोटरी क्लबले जुन सक्रियता देखाएको छ । त्यो उदाहरणीय र अनुकरणीय रहेको गाउँपालिकाका अध्यक्ष थपलियाले बताए । अध्यक्ष थपलियाले काठमाडौंबाट एकघण्टा पनि नलाग्ने नुवकोटका कैयौं गाउँहरू निकै पछाडि रहेको उल्लेख गरेको बताउँदै गाउँपालिकाले आफ्नो ठाउँबाट विशेष भूमिका निर्वाह गर्दागर्दै पनि बजेटको अभावका कारण गर्न खोजेका धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका छन् ।
क्लवले गतवर्ष पनि नुवाकोटकै समुन्द्रा माविमा करीव पाँच लाखको लागतमा छात्रामैत्री शौचालय निर्माण गरेको थियो । शौचालयको उद्घाटन गर्दै डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वाजुले अत्यन्त आवश्यक स्थानमा क्लवले जुन सहयोगीहात अगाडि बढाएको छ । त्यसलाई डिष्टिकले साथदिने घोषणा गरेका छन् । सोही वमोजिम यस पटक पनि डिष्ट्रिक समेतको सहयोग र क्लबका सदस्यहरूको सहयोगमा शौचालय निर्माण प्रक्रिया अगाडि बढाइएको हो ।
शौचालय निर्माणबाट विद्यार्थीलाई निकै सहयोग पुग्ने क्लवका सर्भिस चेयर मोहनबहादुर ढकालले बताए ।
क्लबले शिक्षा, स्वास्थ्य, वातावरण, शान्ति, सुशासन, नेतृत्व विकास लगायतका विशेष कार्यक्रम गर्दै आएको छ । आर्थिकस्थिति कमजोर भइ स्वास्थ्यलाभ गर्न नपाउनेलाई उपचार सहयोग गर्ने, बाढी प्रकोपमा पर्नेहरूलाई खाद्यान्नदेखि लत्ता कपडा प्रदान गर्ने कार्य पनि गर्दै आएको छ । केहीदिन अगाडि मात्रै सुदूरपश्चिमका जिल्लामा जाडोका कारण अफ्ठ्यारोमा परेकाहरूलाई क्लबका सदस्यहरूबाट सहयोग रकम संकलन गरी खाद्यान्न र लत्ता कपडा उपलब्ध गराइएको अध्यक्ष राजकुमार वैदवारले जानकारी गराएका छन् ।
त्यसैगरी कलबले रक्तदान एवं स्वास्थ्यशिविरलाई निरन्तरता दिँदै आएको छ । रोटरी क्लबअफ काठमाडौं डाउनटाउन र ग्रिनसिटी अस्पतालले हालै गरेको रक्तदान कार्यक्रममा १ सय ५१ जनाले रक्तदान गरेका थिए । अस्पतालका अध्यक्ष एवं कार्यक्रम संयोजक लोकबहादुर टण्डनले समाजसेवाको कामलाई क्लवले जसरी काम गर्दै आएको छ । त्यसमा आफ्नो अस्पतालले खास गरी स्वास्थ्यको विषयमा महत्वपूर्णभूमिका खेलेको बताए । रक्तदान कार्यक्रममा समाजसेवाको क्षेत्रमा काम गर्नेहरूलाई सम्मान पनि गरिएको थियो ।
रोटरियन श्यामबहादुर पराजुलीको नेतृत्वमा पाँच वर्ष अगाडि स्थापना भएको रोटरी क्लब अफ काठमाडौं डाउनटाउनलाई समाजसेवाको क्षेत्रमा प्रतिष्ठित क्बलको रुपमा चिनाउनपूर्व अध्यक्षहरू लोकबहादुर टण्डन, स्थानेश्वर रेग्मी र वर्तमान अध्यक्ष राजकुमार वैदवारको नेतृत्व तथा क्लवका पदाधिकारीहरूको महत्वपूर्ण भूमिका रहेको डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचनले बताए ।
क्लबले चक्रपथ सफाई अभियान, बृक्षारोपण कार्यक्रमदेखि जलवायु परिवर्तनले पारेको असरलाई न्यून गर्न अन्तरक्रिया, विभिन्न क्षेत्रका विज्ञहरूसंग हुने गरेका छलफल र त्यसका निष्कर्षहरूलाई सम्वन्धित निकायमा पुर्याउने र आफनो तर्फबाट गर्नुपर्ने कार्यलाई पनि अगाडि बढाउँदै लगेको बताइएको छ ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया