निकम्मा र झुर सचिवालयले गृहमन्त्री लेखकलाई डुबायो, झिनो स्वरमा राजीनामा माग

काठमाडौं । असक्षम, निकम्मा र झुर सचिवालयका कारण गृहमन्त्री रमेश लेखक ठूलो विवादमा परेका छन् ।

लेखक सचिवालय र सल्लाहकारकै कारण विवादमा पर्दै आएका छन् । लेखक आफैमा नराम्रा होइनन् । अध्ययन र तर्कपूर्ण बोल्न सक्ने क्षमता हुँदाहुँदै गृहमन्त्री लेखक विवादमा परिरहेका छन् ।

सचिवालय असक्षम, झुर र निकम्मा भएकै कारण लेखकले आलोचना खेप्न परिरहेको छ । गृहमन्त्री लेखकको सचिवालयमा रहेका व्यक्तिहरूको विगतको अनुहार हेर्दा पुग्छ । सबै कुरा छर्लङ्ग हुन्छन् ।

काठमाडौं उपत्यकामा बागमती नदीले डुबान गरेर मानिसहरूको मृत्यु हुँदै गर्दा र बगाउँदा उद्धार गर्न नसकेका गृहमन्त्री लेखक भिजिविलिटीको कुराले ठूलो आलोचित हुनु परेको थियो । गृहमन्त्री लेखकलाई समयमा सहि सूचना दिन सचिवालय चुकेकै कारण भिजिविलिटी काण्ड भएको थियो ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत भिजिविलिटी शब्द उठाएर गृहमन्त्री लेखकलाई मजाक बनाएका छन् ।

गृहमन्त्री लेखक फेरि जातीय विभेदको कुरामा विवादमा परेका छन् । लेखक जातीय विदेभको विपक्षमा रहेका नेता हुन् । लेखकले जान वा अञ्जान कुनै पनि मूल्यमा जातीय विभेद हुने कार्य गर्दैनन् । तर, निकम्मा सचिवालयले लेखकलाई फसाएको छ । लेखक कहिँन कहिँ चुकेका छन् । उनको सचिवालयले गल्ती गरेकै छ । गृहमन्त्री लेखकको सचिवालयले प्रहरी, सीडीओ र उच्च तहका कर्मचारीहरूको सरुवा, बढुवामा गरेको चलखेलको कुरा त बाहिर आउन बाँकी नै छन् । कुनै पनि बेला ती कुराहरू विष्फोटक रुपमा बाहिर आउन सक्नेछ ।

विगतका अधिकांश गृहमन्त्रीहरू विवादमा परेका छन् । ती गृहमन्त्रीहरूको राजनीति समाप्त भएका प्रशस्त उदाहरण छन् । निकम्मा र असक्षम सचिवालयका कारण विगतका गृहमन्त्रीहरू जेलसम्म पुगेका घटना छन् । लेखकलाई पनि सचिवायका कारण त्यो अवस्था नआउला भन्न सकिदैन ।

गृहमन्त्री लेखकको राजीनामाको झिनो स्वरमा सडकमा आवाज उठ्न थालेको छ । भोलिका दिनमा लेखकको राजीनामा माग गरेर सडकमा जनसागर उर्लियो भने गृहमन्त्री पद सुरक्षित रहने छैन । अहिले पनि निकम्मा र असक्षम सचिवालयले आफ्ना कुर्तुतहरूलाई ढाकछोप गरेर लुकाउन खोजी रहेको छ । आफ्ना गल्ती लुकाउन सचिवालयले लेखकलाई मोहरा बनाइरहेको छ ।

बिहीबारको संसद बैठकमा आफ्नै दल नेपाली कांग्रेससहितका पार्टीका सांसदहरूले सर्लाहीको जातीय विभेदको घटनालाई लिएर गृहमन्त्री लेखकको आलोचना गरेर जवाफ माग गरेपछि बोल्न बाध्य भएका छन् । संसदमा गृहमन्त्री लेखकको अनुहार अन्य दिनको तुलनामा हँसिलो थिएन । लेखक निकै निरास र हतास देखिएका थिए ।

गृहमन्त्री लेखकले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्रकुमार राम (चमार) नेहा रौनियारको अन्तरजातीय विवाहमा राज्यपक्षबाट हस्तक्षेप नभएको बताएका छन् ।

जवाफ दिने क्रममा गृहमन्त्री लेखकले अन्तरजातीय विवाहको सम्बन्धमा गृह मन्त्रालय गम्भीर रहेको बताए । ‘अन्तरजातीय विवाहको सम्बन्धमा म र मेरो मन्त्रालय गम्भीर र अत्यन्तै संवेदनशील रहेको छ ।’

‘संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभावविरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्ने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ’, उनले भने ।

‘म अत्यन्त संवेदनशील छु । म कुनै पनि प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा सधैं रहनेछु र रहेको छु’, गृहमन्त्री लेखकले भने ।

उनले आफू आबद्ध कांग्रेस स्थापनादेखि नै जातीय विभेद र छुवाछुतविरुद्ध रहेको पार्टी भएको बताएका छन् ।

‘वैयक्तिक स्वतन्त्रता र मानव अधिकार रक्षाका लागि विद्यार्थी कालदेखि लड्दै आएको म अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शको अवमूल्यन हो भन्ने मैले ठानेको छु’, गृहमन्त्री लेखकले भने ।

Published : Thursday, 2025 February 6, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया