प्यूठान–रोल्पा सडकखण्डमा डीएसपी बस्यालद्वारा ट्राफिक सचेतना अभियान सञ्चालन

प्यूठान । सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी) दीपेश बस्यालले सचेतना अभियान चलाएका छन् ।
बिहीबार डीएसपी बस्यालले माण्डवी गाउँपालिकास्थित प्यूठान–रोल्पा सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालना सम्बन्धी सचेतना फैलाएका हुन् ।
सचेतना अभियानका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही समेत गरिएको प्रेस नोटमा उल्लेख छ । सवारी साधनलाई ट्राफिक सचेतना पर्चा, पम्पेलेट वितरण गरिएको छ ।
लुम्बिनी प्रदेश प्रहरीका प्रमुख (डीआईजी) दानबहादुर कार्कीले दुर्घटना न्यूनीकरण र लागुऔषध नियन्त्रण लगायतमा कडाइ गर्दै सचेतना अभियान चलाउन निर्देशन दिएका छन् । मानव बेचबिखनका विषयमा पन सचेतना अभियान फैलाउन डीआईजी कार्कीले मातहतलाई निर्देशन दिँदै आएका छन् ।
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया