सरकार ढाल्छु भनेको छैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार ढाल्छु भनेर आफूले कहिल्यै नभनेको बताएका छन् ।
बिहीबार बसेका प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष दाहालले आफूले सरकार आफै ढल्छ मात्रै भनेको बताए । उनले भने, ‘यो सरकार ढाल्छु भनेर मैले कहिल्यै भनेको छैन । मैले यो सरकार आफै ढल्छ भनेको हुँ ।’
उनले सरकारको निकै आलोचना गरेका छन् । ‘सरकार नै संसद्लाई अपमान गर्ने र छल्ने बाटोमा देखिन्छ । यही अधिवेशन पनि निकै अघि बोलाउनुपर्ने हो । तर, बोलाइएन’, उनले भने, ‘सिंगो विपक्षले औपचारिक बैठक नै बसेर माग गर्यो । तैपनि, सुनुवाइ भएन । सरकार अधिवेशनबाट मात्र भागेन, षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरू ल्यायो ।’
Published : Thursday, 2025 February 6, 3:12 pm
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया