डीआईजी कार्कीद्वारा प्यूठान प्रहरीको निरीक्षण, कानूनले बर्जित कार्य नगर्न आदेश

खलङ्गा । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय प्यूठानको निरीक्षण भ्रमण गरेका छन् ।
मंगलबार डीआईजी कार्कीले प्यूठान प्रहरीको निरीक्षण भ्रमण गर्नुका साथै विभिन्न निर्देशनहरू दिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख (डीएसपी) दीपेश बस्यालले बताए ।
डीआईजी कार्कीले प्यूठान प्रहरी अन्तर्गत सम्पूर्ण शाखा तथा कार्यालय परिसरको निरीक्षण गरेका छन् ।
डीआईजी कार्कीले प्रहरीको व्यवसायिकता, प्रहरीले जनतासँग गर्नुपर्ने व्यबहार, प्रहरी प्रतिबद्धता, अन्तर प्रहरी इकाई प्रतियोगिता २०८१ लगायतका विषयमा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएको डीएसपी बस्यालले बताए ।
लुम्बिनी प्रदेश प्रहरीको जिम्मेवारी सम्हालेपछि डीआईजी कार्कीले मातहतका जिल्लाहरूको निरीक्षण भ्रमण गर्नुका साथै कार्यसम्पादनहरूका विषयमा जानकारी लिने गरेका छन् ।
डीआईजी कार्कीले मातहतलाई कानूनले बर्जित कुनै पनि कार्य नगर्न निर्देशन दिएका छन् । उनले प्रहरीले जनताको सेवामा सक्रिय भइ लाग्न र प्रहरीविरुद्ध कुनै पनि गुनासाहरू आउन नहुने बताएका छन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया