युनिभर्सल सुपर स्टार २०२५ मा छानिए ४ विजेता

काठमाडौं । ‘मिस टिन युनिभर्स सुपर स्टार’को उपाधि सञ्जिता श्रेष्ठले जितेकी छन् ।

काठमाडौंमा आयोजित प्रतियोगितामा श्रेष्ठले उपाधि हातपारेकी हुन् । मिष्टर युनिभर्सल सुपरस्टारको उपाधि कपिल सराफ र मिस युनिभर्स सुपरस्टार (ग्लोबल)को उपाधि सुनिमा श्रेष्ठ र मिसेस युनिभर्स सुपरस्टार उमा श्रेष्ठले प्राप्त गरेका हुन् ।

स्मार्ट गफ एपको आयोजनामा द प्लाजा पुल्चोक ललितपुरमा एक भब्य कार्यक्रम सहित आयोजना भएको प्रतियोगीतामा अर्गनाइज च्वाइसको उपाधि रुथ पाखरिन, पब्लिक च्वाईसको उपाधि कुराना स्याग्ताङ, शर्मिला श्रेष्ठ र अमृता गिरीले जितेका छन् ।

रोजिन शाक्यको कोरियोग्राफी, रमेशजंग शाही कार्यक्रम निर्देशक रहेको प्रतियोगिता युवा, युवतीदेखि विवाहित महिलासम्मको प्रतिभा निखार्ने उद्देश्यले आयोजना भएको कार्यक्रम आयोजक प्रमिला सिलवालले बताइन् ।

अभिनेत्री रेखा थापा (नेपाल), उज्वोल रे (अमेरिका), सञ्जय रौनियार (भारत), फन किम ओआन (भियतनाम) रे अल्भारेज (कोलम्बिया) र पौयल प्रमणिक (भारत) प्रतियोगिताको निर्णायकमा रहेका थिए ।

प्रतियोगितामा ड्रेस डिजाइन समिक्छा लामिछाने, दुर्गा विष्ट, रुवि पौडेल, सजिना विष्ट, शर्मिष्ठा श्रेष्ठ, अनिता खत्री र मेकअप रोजिना सुवाल र टिमको रहेको थियो ।

सबै विजेता आगामी जुलाई २८ मा अमेरिकाको फ्लोरिडामा आयोजना हुने मिस एण्ड मिस टिन युनिभर्सल ग्लोबलमा सहभागिता जनाउनेछन् ।

Published : Wednesday, 2025 February 5, 6:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया