रास्वपाको केन्द्रीय समितिमा आधाभन्दा धेरै नेता ठग र काण्डैकाण्ड लागेका : तरुण अध्यक्ष गुरुङ

पर्वत । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिमा आधाभन्दा धेरै नेताहरू ठग र काण्डैकाण्ड लागेकाहरू रहेको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस पर्वत क्षेत्र नं. २ ले पैंयू गाउँपालिकाको हुवास, हातेमालो चोकमा आयोजना गरेको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले रास्वपाका नेताहरूको इतिहाँस हेर्ने हो भने धेरै नेताहरू काण्डैकाण्डमा लागेकाहरू रहेको बताए ।
उनले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा धरौटीमा छुटे पनि अदालतमा पेश भएको मिसिलका पानापानामा तथ्यहरू रहेको बताए ।
अध्यक्ष गुरुङले रास्वपाको केन्द्रीय समितिमा आधाभन्दा धेरै नेताहरू ठग र काण्डैकाण्ड लागेकाहरू रहेको बताए ।
‘केही विद्वानहरूले भन्नु हुन्छ । सरकारले रास्वपाका सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधेकै हो ? रवि लामिछानेलाई अन्याय भएकै हो ? विभिन्न विज्ञहरूको सामाजिक सञ्जालमा धेरै कुराहरू सुनिरहेका छौँ’, उनले भने ।
‘नेपालमा ठूलो आर्थिक संकट छ । युवाहरू विदेशिनु परेको छ । यसको एउटै मात्रै कारण हो हाम्रा किसान, मजुरहरूले जम्मा गरेका हामीले वर्षौंदेखि सपना देखेको त्यो सहकारी हुन्’, उनले भने ।
‘आमा, दिदी, बहिनीले बचत जम्मा गरेको सहकारीमा आज यिनै विभिन्न ठगहरू, हिजोका ठगहरू, बिभिन्न बुङ्गा बनेर आउँथे’, गुरुङले भने, ‘विदेशबाट आफूलाई सुटबुटमा ल्याएर आएका, पार्टी र विचारमा आएका नयाँ पार्टीहरू जसले संघर्ष गरेका पार्टीहरूलाई अपमान गर्ने गरिएको छ ।’
अध्यक्ष गुरुङले भने, ‘रवि लामिछाने सहकारी ठगीमा धरौटीमा छुटे पनि हरेक पानापानामा ठगीको धब्बा लागेको छ । यस्ता ठगहरूलाई कारबाही हुन्छ । विभिन्न जिल्लामा, विभिन्न पार्टी परित्याग गर्दागर्दा नेताहरू र पार्टीलाई हराउनेहरू, सहकारीहरू लुट्नेहरूको पार्टी हो रास्वपा ।’
उनले भने, ‘रास्वपाको इतिहाँस हेर्नुभयो भने त्यो पार्टीको केन्द्रीय समितिमा आधाभन्दा धेरै यो मुलुकका ठगैठग छन् । यी अन्तर्राष्ट्रिय ठगहरूबाट सचेत हुनुपर्छ ।’
कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापा, कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, गोविन्द शाह, तरुण दलकी केन्द्रीय सदस्य मुना भुसाल, क्षेत्रीय सभापति प्रवीण गुरुङ, प्रतिनिधि सभाकी सांसद कुशुम थापा, कांग्रेस गण्डकी प्रदेशकी सदस्यद्वय रामकृष्ण मल्ल र रेखा पुन लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया