अछाम र सर्लाहीको जातीय विभेदप्रति कांग्रेसद्वारा विरोध, कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसको दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागकी प्रमुख लक्ष्मी परियारले अछाम, सर्लाही लगायतका जिल्लामा सरस्वती पूजा र अन्तरजातीय विवाहमा भएको जातीय विभेदप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन् ।
मंगलबार विज्ञप्ति जारी गरेर विभागकी प्रमुख परियारले जातीय विभेद भएको भन्दै आपत्ति जनाएकी छिन् । उनले दोषीलाई कारबाहीको माग पनि गरेकी छिन् ।
२०८१ साल माघ २१ गते सोमवार कान्तिपुर दैनिकमा ‘सरस्वती पूजामा विद्यालयभित्रै जातीय विभेद’ शीर्षकमाप्रकाशित समाचार प्रकाशित भएको थियो ।
अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ९ स्थित बुढाकोट मा.वि.मा भएको सरस्वती पूजाका लागि बोलाइएका स्थानीय पुजारी चेतराज भट्टले उक्त विद्यालयमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थी, अभिभावक र अभिभावक संघका अध्यक्ष सर्जन परियार समेतलाई सालको पातमा टीका बेरेर टाढैबाट भुँइमा राखीदिएको घटनाप्रति परियारले गम्भीर आपत्ति जनाएकी छिन् ।
२०८१ साल माघ २२ गते मंगलबार नयाँपत्रिका दैनिकमा प्रकाशित ‘सर्लाहीका सत्येन्द्र राम र नेहा रौनियारवीचको अन्तरजातीय विवाह गर्ने दलित युवामाथि परिवार र राज्यवाट भएको अत्याचार’ सम्वन्धमा समाचार प्रकाशित भएको थियो ।
ती समाचारहरूमाथी नेपाली कांग्रेस दलित समुदाय समन्वय र सशक्तीकरण विभागको गम्भीर ध्यानाकर्षण भएको विभागकी प्रमुख परियारले बताएकी छिन् ।
‘नेपालको संविधानले जातीय भेदभाव र छुवाछुत विरुद्धको हक सुनिश्चित गरेको साथै जातीय भेदभाव र छुवाछुतविरुद्धको कसूर सजाय ऐन २०६८ लागू भएको र नेपाल जातीय भेदभाव मुक्त राज्य घोषणा भइसकेको अवस्थामा समेत यस्ता घटनाहरू हुनु र घटनामा राज्यका संयन्त्रहरूकै दुरुपयोग भएको देखिनुले समाजमा रहेको विभेद र अत्याचारको अवस्थालाई थप उजागर मात्रै गरेको छैन दलित समुदायले सदीयौं देखि भोगरिहेको जातीय विभेदको व्यवहार विद्यमान रहेको तथ्य स्वतः प्रमाणित भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
‘यस्ता मानवता विरोधी, गैरकानूनी व्यवहार र घटना प्रति गंभिर आपत्ति र निन्दा व्यक्तगर्दै भर्त्सना गर्दछौं’, विभागकी प्रमख परियारले भनेकी छिन् ।
‘दिनहुँ जसो संचार माध्यममा आउने जातीय भेदभाव र छुवाछुतजन्य घटनाहरूले समग्र समाजलाई लज्जित तुल्याएको छ’, कांग्रेसले भनेको छ ।
‘दलित समुदायले अझै पनि मानवअधिकारको उपभोग गर्न नपाएको स्थिीतलाई समेत हृदयंगम गर्दै माथी उल्लेखित घटनाहरूलाई गम्भीर रुपमा लिई घटनामा संलग्न जो कोही व्यक्ति, परिवार र निकायलाई कानुनी कार्वाहीको दायरामा ल्याई आवश्यक छानविन गर्न र पीडितलाई उचित क्षतिपूर्तिको समेत व्यबस्थासंगै विवाह गर्ने दम्पतिको जीवन रक्षा गर्न गराउन नेपाल सरकारसंग जोडदार माग गर्दछौं’, विभागको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया