खेलकुदमन्त्री महर्जनद्वारा गौरीटार रंगशालाको निरीक्षण

हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौंडा–६ स्थित गौरीटार रंगशालामा निर्माणाधीन खेलकुद पूर्वाधारको स्थलगत निरीक्षण गरी पूर्वाधार निर्माणको प्रगति विवरणको जानकारी लिएका छन् ।
मंगलबार निरीक्षणका क्रममा मन्त्री महर्जनले सम्बन्धित कार्यालय र निर्माण व्यवसायी कम्पनीलाई निर्माण कार्य तोकिएको मितिभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले निर्माणको क्रममा त्यसको गुणस्तरलाई विशेष ध्यान दिन आग्रह गरेका छन् ।
प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि गुणस्तरीय खेलकुदका संरचना निर्माण गर्नुका साथै खेलाडी प्रोत्साहनमा समेत काम गर्ने लक्ष्य लिएको खेलकुदमन्त्री महर्जनले बताएका छन् ।
निरीक्षणका क्रममा मन्त्रालयका सचिव केशवराज सुवेदी र प्रदेश खेलकुद विकास परिषदका इन्जिनियर निवेश बर्तौलाले ब्रिफिङ गरेका छन् ।
रंगशाला परिषरमा करिब १८ करोड लागतमा फुटबल रंगशाला निर्माण गरिएको परिषदले जनाएको छ । सामाजिक विकास कार्यालय मकवानपुरमार्फत् निर्माण भइरहेकोे फुटबल रंगशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको र केही दिनभित्रै प्रदेश खेलकुद विकास परिषदलाई हस्तान्तरण गर्ने तयारी भइरहेको परिषदका सदस्य सचिव दीपक लामाले बताएका छन् ।
निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला र नेपालकै ठूलो पौडी पोखरी निर्माणको काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ ।
क्रिकेट रंगशालामा पहिलो चरणमा ६५० दर्शक क्षमताको प्याराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएशनको ग्राउण्ड भीआइपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङ लगायतका संरचना निर्माण हुँदैछ ।
अन्तर्राष्ट्रियस्तरको पौडी प्रतियोगिता संचालन गर्न मिल्ने गरी नेपालकै ठूलो पौडी पोखरी र खेलाडीहरूका लागि अभ्यास गर्न सानो पौडी पोखरी तथा प्याराफिटलगायतका संरचना निर्माण गरिँदैछ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया