चुनौती सामना गर्नको कांग्रेसका नेताहरू एक हुन जरुरी छ : सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी र समानुपातिक निर्वाचनका कारणले अहिलेकै अवस्थामा एक पार्टीलाई बहुमत ल्याउन कठिन रहेको बताएका छन् ।
पोखरामा सोमबार नेपाली कांग्रेसले प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुखहरूका लागि आयोजना गरेको ‘संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रमको उद्घाटनका क्रममा सभापति देउवाले अहिलेको संविधानका कारण बहुमत प्राप्त गर्न गाह्रो रहेको बताए । उनले कांग्रेस ठूलो पार्टी बन्न सफल भएको बताए ।
देउवाले यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने बताएका छन् । संविधानले अपनाएको मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने बताए ।
उनले भने, ‘समानुपातिक समावेशी राजनीतिकले गर्दा कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ । तैपनि हामीले सबैभन्दा ठूलो बनाउन सफल भएका छौँ ।’
‘त्यसका बाबजुद पनि पार्टीका साथीहरूको एकताबद्धता भयो भने भोलिका दिनमा हामीले बहुमत प्राप्त गर्न सक्ने पार्टी बन्न सक्दछ’, सभापति देउवाले भने ।
‘भोलिका दिनमा पार्टीलाई हाक्नु पर्नेछ, पार्टीको जिम्मेवारी ठूलो छ’, उनले भने, ‘यो संविधानमा बहुमत प्राप्त गर्न पनि त्यति सजिलो छैन ।’
देउवाले भने, ‘कुनै एउटा पार्टीको । तैपनि हाम्रो पार्टी एक भएर आएको खण्डमा, आफ्ना मतभेदहरू बिर्सिएको खण्डमा, हाम्रो पार्टीमा एकता स्थापित भयो भने हाम्रो पार्टीले बहुमत प्राप्त गर्न सक्दछ ।’
‘हाम्रो पार्टीमा एकता जरुरी छ । सबैलाई साथमा लगेर हिँड्न जरुरी छ’, देउवाले भने, ‘यो चुनौतीको सामना गर्नको लागि पनि हाम्रो पार्टी एक हुन जरुरी छ ।’
‘यो ठूलो लडाइँपछि स्थापना भएको लोकतन्त्र छ । स्थापित भएको समावेशी, राजनीति छ’, सभापति देउवाले भनेका छन् ।
‘देशको विकासका लागि विकेन्द्रीकरण हुन जरुरी छ । हामी संघीय राजनीतिमा अगाडि बढेका छौँ’, उनले भनेका छन् ।
उनले आफ्ना मतभेदहरू बिर्सिएर पार्टीमा एकता स्थापित गर्न सबै नेताहरू लागे पार्टीलाई बहुमत दिलाउन सकिने बताए ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया