चलचित्र ‘हरिबहादुरको जुत्ता’को छायांकन शुरु

काठमाडौं । अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका रहेको ‘हरिबहादुरको जुत्ता’ नामक चलचित्रको शुभमूहर्त गरिएको छ ।
सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा ‘हरिबहादुरको जुत्ता’को शुभमूहर्त गरिएको निर्माता सरोज ओलीले बताए । सरस्वती पूजाको दिन दिन चलचित्रको स्क्रिप्ट र क्यामरा पूजा गरिएको ओलीले बताए ।
चलचित्रमा अभिनेता हरिवंश आचार्यको कथा रहेको छ । चलचित्रको अधिकांश दृष्य काभ्रेपलाञ्चोक जिल्लामा छायांकन गरिने निर्माता ओलीले बताएका छन् ।
चलचित्रको निर्देशन दीपेन्द्र खनालले गर्ने छन् । मन्दिरमा चलचित्रको औपचारिक छायांकनको सुरुवात पनि गरिएको छ ।
चलचित्रको शुभमूहर्त समारोहमा अभिनेता हरिवंश आचार्य, अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का, किरण केसी, गायक प्रकाश सपुत, निर्देशक दीपेन्द्र खनाल, निर्माता सरोज ओली, मोहित आचार्य लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया