कांग्रेस नेता राणाद्वारा छपेली–माझखण्ड केवलकारकाे शिलान्यास

चापागाउँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले छपेली–माझखण्ड केवलकार शिलान्यास गरेका छन् ।
सोमबार ललितपुरको बामगती गाउँपालिकामा आयोजित कार्यक्रममा नेता राणाले केवलकारको शिलान्यास गरेका हुन् । उनले भने, ‘यो परियोजना स्थानीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र भौगोलिक पहुँच विस्तारको महत्वपूर्ण आधारशीला बन्नेछ ।’
केवलकारको निर्माण डेस्टिनेसन माझखण्ड प्रा.लि.ले गर्न लागेको छ । प्रा.लि.ले सामना गरेका नकारात्मक टिप्पणीहरूलाई प्रेरणाका रूपमा लिँदै, स्थानीय जनसमुदायको चाहना र सहभागितालाई उच्च प्राथमिकतामा राखेर केवलकार परियोजनाले सफलता प्राप्त गर्ने अपक्षे आफूले लिएको नेता राणाले बताएका छन् ।
उनले भने, ‘सबैको साथ, सहयोग र सकारात्मक ऊर्जा नै हाम्रा लक्ष्यहरू प्राप्त गर्ने मुख्य बल हो । स्थानीयवासी, सरोकारवालाहरू तथा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा धन्यवाद ।’
ताप्लेजुङको पाथीभरा मन्दिरमा केवलकार निर्माणको विषयमा ठूलो विवाद भइ आन्दोलन चलिरहेका बेला ललितपुरको बागमती गाउँपालिकामा केवलकारको उद्घाटन भएको छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया