हार–जित जे भए पनि उत्ताउलो नभइ लाग्नुस् : सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखका लागि पोखरामा आयोजना गरेको संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरेका छन् ।
पोखरामा सोमबार देउवाले अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरेका हुन् । नेपाली कांग्रेसले प्रदेश सभापतिहरूलाई संगठन सुदृढीकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे प्रशिक्षण दिएको छ ।
सभापति देउवाले पोखराको सुन्दरता, यहाँको ९ ताल, हिउँ नभएको माछापुच्छ्रे र आफू यहीँ केही समय जेल बसेको बताएका छन् ।

उनले पोखरा बनाउने जिम्मेवारी पनि कांग्रेसकै भएको भन्दै यहाँको विकासका लागि पनि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने जोड दिए । सभापति देउवाले नेता कार्यकर्ताहरूलाई हार–जित जे भए पनि उत्ताउलो नभइ लाग्न निर्देशन दिएका छन् ।
७ प्रदेशका सभापतिहरूलाई पोखरा बोलाएर कांग्रेसले प्रशिक्षण दिन लागेको छ । प्रशिक्षणमा प्रदेश प्रशिक्षण विभाग प्रमुखहरू पनि सहभागी छन् ।
पार्टीका उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र कांग्रेस गण्डकी प्रदेशको व्यवस्थापनमा प्रशिक्षण दिइएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले मंगलबार र बुधबार जिल्ला सभापतिहरूलाई प्रशिक्षण दिनेछ । प्रशिक्षणका लागि कांग्रेसका पदाधिकारीहरू र विज्ञहरू पोखरामा आएका छन् ।

कांग्रेसको पोखरा महानगर समिति सभापति सुरेन्द्रमान विजुक्छेले पार्टीको विधान, अधिकार प्रत्यायोजन र नेतृत्वका विषयमा भनाइ राखेका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीभित्र सबैलाई ठाउँ र अधिकार दिनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीले कार्यकर्ताको मनोबल गिर्ने गरी निर्णय नगर्न नेतृत्वसँग आग्रह गरेका छन् ।
कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले कांग्रेसभित्र प्रजातान्त्रिक मूल्य मान्यता हराउँदै गएको र गुट–गुटले कमजोर भएको बताएका छन् । उनले बोल्न कम्युनिष्टले बोले पनि काम कांग्रेसले गर्ने तर अहिले भने कांग्रेसले पनि गर्न नसकेको बताए ।
कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कसैको नाम नखुलाइकन कसैले पार्टीमा नेतृत्व स्थापित गर्न खोजेको बताए । डा.महतले यसले झन् पार्टी र जनाधार कमजोर बनाएको बताए ।

नेपाली कांग्रेसको कार्यक्रममा आइतबारदेखि ४ दिन सभापति देउवा पोखरामा रहने छन् । आइतबार पोखरा महानगर समितिको सम्मेलन भएको छ ।
माघ २२ र २३ गते पोखरामा ७७ वटा जिल्लाका सभापति, ७७ वटा जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।
पार्टी महाधिवेशन, कार्यकर्ता तथा नेतृत्व निर्माण सरकारमा कांग्रेसको सहभागिता र रणनीतिदेखि आगामी चुनावसम्मको विषयमा प्रशिक्षण तथा अभिमुखीकरण हुने प्रतिष्ठानले जनाएको छ ।
सभापतिहरूको २२ गते शुरु भएर २३ गते समापन हुने कार्यक्रममा देशभरका करिब २ सय जनाभन्दा बढी सहभागी हुने छन् ।
कार्यक्रममा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, प्रवक्ता डा.प्रकाशशरण महत, मुस्लिम संघका अध्यक्ष अब्दुल सतार, केन्द्रीय सदस्य गोविन्द भट्टराई, नैनसिंह महर, गुरु बराललगायतले पार्टीको आन्तरिक जीवन र सुदृढीकरणबारे धारणा राखेका छन् ।
कार्यक्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा, गृहमन्त्री रमेश लेखक, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा लगायतको पनि उपस्थिति रहेको छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया