गौमुखीमा कोठाभित्र थुनेको रिसइबीमा पुरुष र महिलाले चिन्तामणिको ज्यान लिए

विजुवार । जिल्ला प्रहरी कार्यालय प्यूठानले कर्तव्य ज्यान सम्बन्धी घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
माघ १८ गते बिहान ०८ः३० बजेको समयमा गौमुखी गाउँपालिका वडा नं.५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्चीभित्री सडक बाटोमा चिन्तामणि उपाध्ययको हत्या भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानका प्रहरी प्रमुख (डीएसपी) दीपेश बस्यालले बताए ।
उपाध्यायको हत्या अभियोगमा पक्राउ पर्नेमा गौमुखी गाउँपालिका वडा नं.०५ खाल बस्ने वर्ष ५१ का लोकबहादुर गिरी र गोलढुङ्गा बस्ने वर्ष ५० की जेदुकुमारी न्यौपानेलाई माघ १९ गते राति २३ः३० बजेको समयमा पक्राउ गरिएको डीएसपी बस्यालले बताए ।
उपाध्यायको टाउको, अनुहार, नाक, मुख समेतमा गहिरो चोट लागेको शव रगताम्बे अवस्थामा भेटिएको थियो । प्रारम्भीक अनुसन्धानका क्रममा पुरुष र महिलाले व्यक्तिगत रिसइबीमा हत्या गरेको खुल्न आएको डीएसपी बस्यालले बताए । उनले भने, ‘बिगतमा मृतक चिन्तामणि उपाध्यायसँग जेदुकुमारी न्यौपाने र लोकबहादुर गिरीबीच व्यक्तिगत रिसइबी रहेको प्रारम्भीक अनुसन्धानका क्रममा खुल्न आएको छ ।’
अनुसन्धानका क्रममा एक वर्ष अगाडि मृतक चिन्तामणि उपाध्यायले लोकबहादुर गिरी र जेदुकुमारी न्यौपानेलाई कोठाभित्र थुनेर बाहिरबाट चुकुल लगाइदिएको खुल्न आएको छ । हत्यामा संलग्न महिला र पुरुष निकै मदिरा सेवन गर्ने गरेको पनि खुल्न आएको छ । महिला र पुरुषबीच आन्तरिक सम्बन्ध पनि रहेको प्रहरीले प्रारम्भीक अनुसन्धानका क्रममा थाहा पाएको छ ।
घटनाको सूचना पाउनेवित्तिकै जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख बस्याल आफै खटिएर अनुसन्धान शुरु गरेका थिए ।
प्रारम्भीक अनुसन्धानका क्रममा उपध्यायको हत्या भएको खुल्न आएपछि दुई जनालाई पक्राउ गरिएको डीएसपी बस्यालले बताएका छन् ।
पक्राउ परेका दुबै जनालाई प्यूठान जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको छ ।


बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया