सभापति देउवासँग एमाले नेता अधिकारीद्वारा भेट, पोखरामा स्वागत गर्दै दिए धन्यवाद

पोखरा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग एमालेका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले भेट गरेर सहकारी समस्या समाधान गर्न अध्यादेश ल्याइएकोमा धन्यावाद दिएका छन् ।
सोमबार पोखरामा सभापति देउवासँग भेट गरेर गण्डकी प्रदेश सभा एमाले संसदीय दलका नेता अधिकारीले सहकारी अभियान र सहकारी समस्या समाधानमा कांग्रेस–एमाले नेतृत्वको सरकारले देखाएको तदारुकताप्रति धन्यवाद दिएका हुन् ।
सभापति देउवासँगको भेटपछि एमालेका नेता अधिकारीले भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूलाई स्वागत गर्दै सहकारी अभियान र यसको समस्या समाधानमा अध्यादेशले ल्याएका महत्वपूर्ण उपलब्धीप्रति धन्यवाद दिंदै सञ्चालकहरूको कार्यकाल र बचतको सीमा सम्वन्धमा छलफल हुँदा अत्यन्तै सकारात्मक हुनु भयो हामी खुशी छौं ।’
‘सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै जनाको सकारात्मक सोंच भएकोले बाँकी समस्या पनि समाधान हुनेछन्’, अधिकारीले भनेका छन् ।
सभापति देउवा पार्टीको विभिन्न कार्यक्रमहरूमा सहभागी हुन पोखरामा छन् । आइतबार पोखरामा आएका देउवाले कांग्रेसका जिल्ला सभापति र उपसभापतिहरूको प्रशिक्षणलाई सम्बोधन गर्नेछन् ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया