एसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान, दाङबाट रिजाल

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति भएका ३७ जना प्रहरी उपरीक्षकहरू दर्ज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

आइतबार नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ माघ २० गतेको निर्णयानुसार ३७ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको थियो ।

दर्ज्र्यानी चिन्हबाट सुशोभित हुनेहरूमा प्रहरी उपरीक्षकहरू कुलदीप चन्द, सुमित खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट, दीपक गिरी, नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेबे, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही रहेका छन् ।

दर्ज्यानी चिन्ह पाउने एसपीहरू टेकबहादुर कार्की क्षेत्री, फणिन्द्र प्रसाईं, शरतकुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागाईं, किशोरकुमार श्रेष्ठ, मुकुन्दप्रसाद रिजाल, पवनकुमार भट्टराई, रविन्द्रनाथ पौडेल, दानबहादुर थापा रहेका छन् ।

सुदीपराज पाठक, निशान थापा, कबित कटुवाल, रामेश्वर पौडेल, रूकेश तण्डुकार, दधिराम न्यौपाने, नवीन कार्की, श्यामकुमार सारु मगर, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण पाण्डेय, लालध्वज सुवेदी र रूगमबहादुर कुँवरले पनि दर्ज्यानी चिन्ह पाएका छन् ।

एसपी कुलदीप चन्दले संगठनको वृहत्तर हितलाई केन्द्रमा राखेर मन, वचन र कर्मले निष्ठापूर्वक प्राप्त जिम्मेवारीलाई वहन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

डीएसपीबाट एसपीमा बढुवा भएका मुकुन्दप्रसाद रिजाल दाङ जिल्लाका हुन् । पछिल्लो समय उनी बाँकेमा बस्दै आएका छन् ।

Published : Sunday, 2025 February 2, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया