घिमिरेले सभामुख पदको गरिमा भुलेर प्रहरीलाई फोन, अनावश्यक दवाव दिए

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल प्रहरीका उच्च अधिकारीहरूलाई फोन गरेर विभिन्न खालका दवावहरू दिन थालेका छन् ।

घिमिरेले केही दिन अगाडि जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रहरी प्रमुख (एसएसप) बसन्त रजौरेलाई फोन गरेर कुटपिटको घटनामा रेड नोटिस जारी गर्न दवाव दिएको रहस्य बाहिर आएको छ । प्रहरीले जाहेरी परेमा कानूनअनुसार अनुसन्धान र छानविन गर्छ । तर, प्रहरीको अनुसन्धानलाई नै प्रभावित बनाउने गरी सभामुख घिमिरेले फोन गरेर दवाव दिएपछि प्रहरीभित्र खैलाबैला भएको छ ।

उच्च स्रोतका अनुसार घिमिरेले काभ्रेका एकजना एमालेका नेताको आग्रहमा काठमाडौं प्रहरीका प्रमुखलाई फोन गरेर रेडनोटिस जारी गर्नका लागि दवाव दिएको खुलासा भएको छ ।

सभामुख जस्तो गरिमामय पदमा बसेको व्यक्तिले प्रहरीलाई फोन गरेर अनावश्यक दवाव दिएको कुराले प्रहरी नेतृत्व असन्तुष्ट बनेको छ । एमालेबाट सभामुख बनेका घिमिरेले आफ्नो पदीय जिम्मेवारी र हैसियत भुलेर अनुसन्धानलाई नै प्रभावित तुल्याउने गतिविधि गर्न नहुने प्रहरीहरूको भनाइ छ ।

सभामुख घिमिरेले जुन घटनामा रेड नोटिस जारी गर्न भनेका छन् त्यो घटनामा धेरै व्यक्तिाई फसाउन एमालेका नेता तथा कार्यकर्ताहरू लागेका छन् । निर्दोष धेरै व्यक्तिलाई फसाउन खोजेको थाहा पाएपछि प्रहरीले केहीलाई मुद्दा नै चलाएको छैन । मुद्दा चलाइएका केही व्यक्तिलाई सरकारी वकिल कार्यालयले समेत मुद्दा चलाउन नपर्ने भनेर छाडिदिएको छ । सोही मुद्दामा प्रतिवादी बनाइएका धेरैलाई काठमाडौं जिल्ला अदालतले कुनै तथ्य प्रमाण नदेखेपछि सामन्य धरौटी लिएर छाडिदिएको छ ।

सभामुख घिमिरेको शक्तिको आडमा एमालेका केही नेता तथा कार्यकर्ताहरू अझै पनि बबाल गर्न खोजेका छन् । घिमिरेले सभामुख पदको गरिमा बचाउँदा नै उपयुक्त हुन्छु । प्रहरीलाई जथाभावी फोन गरेर अनावश्यक रुपमा दवाव दिँदा अनुसन्धानमा प्रभाव पर्नेछ ।

Published : Sunday, 2025 February 2, 1:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया