नेपालगञ्जका टोले गुण्डा ठकुरी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले खुकुरी प्रहार गरि कर्तव्य गर्ने २३ वर्षीय जगतसिंह ठकुरीलाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ टागाँस्टेसन नजिकै ३० वर्षीय इसाद कवाडियालाई खुकुरी प्रहार गरि फरार रहेका अभियुक्त ठकुरीलाई शनिबार राति पक्राउ गरिएको बाँके प्रहरीका डीएसपी आयूशप्रसाद जोशीले बताएका छन् ।

ठकुरीलाई नेपालगञ्जको बसपार्कमा रहेको अछामी गेष्ट हाउसबाट पक्राउ गरिएको जोशीले बताए । ठकुरीविरुद्ध अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

ठकुरीले नेपालगञ्जमा टोली गुण्डाको हर्कत र गतिविधि गर्दै आएका थिए । उनको हर्कतप्रति निगरानी गर्दै आएको प्रहरीले घटनाको लामो समयपछि पक्राउ गरेको छ ।

असार २८ गते ठकुरीले कवाडियालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारपछि फरार रहेका ठकुरीलाई सात महिनापछि पक्राउ गरेको छ ।

Published : Sunday, 2025 February 2, 1:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया