भारतमा भएको दुर्घटनामा ५ नेपालीहरूको मृत्यु

काठमाडौं । भारतमा भएको गाडी दुर्घटनामा ५ जना नेपालीहरूको मृत्यु भएको छ ।
शनिबार भारतको मुजफ्फरमा भएको गाडी दुर्घटनामा मृत्यु हुनेहरूमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र चालक रहेको स्थानीय प्रहरीले जनाएको छ ।
सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन् । सडकमा मोटरसाइकललाई बचाउन खोज्दा स्कारपियो गाडी पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
भारतको उत्तरप्रदेशस्थित महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना भएको थियो । गाडीमा सवार ५ जना नेपालीहरूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । गाडी दुर्घटनामा ४ जना नेपालीहरू घाइते भएका छन् । मृत्यु भएका र घाइते भएका सबै जनकपुरधाम निवासी हुन् ।
Published : Saturday, 2025 February 1, 11:15 pm
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया