सामाजिक सञ्जालको असल अभ्यास गर्नभन्दा अपराधी करार गर्ने हिसाबले विधेयक ल्याइयाे : विपुल पाेख्रेल


घाेराही । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले हालै राष्टिय सभामा पेश भएको सामाजिक सञ्जाल नियन्त्रण सम्वन्धी विधेयक खारेज हुनुपर्ने बताएका छन् ।

शुक्रबार घाेराहीमा नेपाल प्रेस युनियन दाङको २७औँ साधारणसभालाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष पोख्रेलले नागरिकलाइ सामाजिक सञ्जालको असल अभ्यास गर्न अभिप्रेरित गर्नेभन्दा अपराधी करार गर्ने हिसाबले ल्याइएको विधेयकको औचित्य नभएको बताए ।

नेपालको संविधानले प्रदत्त गरेका कानूनका माध्ययमबाट सामाजिक संजाललाई मर्यादित बनाउने प्रसस्त ठाँउ रहेको भन्दै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेगरी जवरजस्ती यसखालको कानून आएमा त्यसको पूर्णरुपमा अवज्ञा गरिने र सबै पत्रकारहरू सडकमा आउने पाेखरेलले बताए ।

फौजदारी कानून ल्याएर विरोधका स्वरलाई दवाएर जाने सरकारको सोंच देखिएको भन्दै पोख्रेलले व्यक्ति हत्या गरेका अपराधीलाई जस्तैगरी दोषी करार गर्ने मनसाय लोकतान्त्रिक सरकारको असल अभ्यासभित्र नपर्ने बताए ।

कार्यक्रमा प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष सुदीप गौतम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, महासघका केन्द्रीय सचिव सविन सप्रियासन, लुम्बिनी प्रदेश महासचिव पाण्डबप्रसाद शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य देवेन्द्र बस्नेत, चेतन रेग्मी, लक्ष्मीमान चौधरी, नेपाल प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा, जनपत्रकार संगठनका उपाध्यक्ष जंग रेउले, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, व्याव्सन दाङका सचिब आदिम केसी लगाएतले शुभकामना दिएकन छन् ।

Published : Saturday, 2025 February 1, 7:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया