सभापति देउवाद्वारा अध्यादेशहरूकाे बचाउ, कानूनहरू छिटो बनाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समग्र विकासका लागि लोकतन्त्रको समुन्नति र सुदृढ अर्थतन्त्र आवश्यक हुनु पर्ने बताएका छन् ।

शुक्रबार संसदकाे बैठकमा सम्बाेधन गर्दै देउवाले भने, `हामी लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग त गरिरहेको छौं तर, आर्थिक सुदृढ हनुसकेको छैन । परिणाम स्वरूप विकास संवृद्धको यात्रा चाहना अनुसार अगाडि बढ्न सकेको छैन । हाम्रो देशको अर्थतन्त्र उकास्न जरुरी छ ।´

`हालै सरकारले व्यावसायिक वातावरण प्रवर्द्धन गर्न देशभित्र र बाहिरबाट लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याएको छ´, उनले भने, `यसले देशको आर्थिक क्षेत्रमा सुधार ल्याउने मैले विश्वास गरेको छु । सुशासन, समुन्नति र सहजताका लागि पनि सरकारले कानून बनाएको छ ।´

`यी कानूनहरूले देशमा सुशासन कायम गर्ने, भूमिहीन सकुुम्बासी अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, सहकारीको क्षेत्रमा देखा परेको समस्या समाधान गर्नेछ । यी कानूनहरूले आर्थिक क्षेत्रमा आवश्यक उत्सावत र सकारात्मक भएको मैले
पाएको छु´, उनले भने ।

`ती अध्यादेशहरू सदनबाट स्वीकृत हुनेछ । अध्यादेशकाे प्रनतस्थापन विधेयकमा आवश्यक भए थप परिमार्जना गरी पारित गर्न म आग्रह गर्दछु । यी कानून कार्यान्वयन गर्न यथासक्य चाँडो आवश्यक नियम बनाउन सरकारलाई आग्रह गर्दछु´, सभापति देउवाले भने ।

`संसदमा कानून निर्माणको विषयले राम्रो सन्देश दिन नसकेको गुनासो सुन्ने गरेको छु । संसदमा संविधानको कार्यान्वयनसँग र
नागरिकको प्रत्यक्ष सरोकारका विषय विचाराधीन छन् । मैले
भनिसकेको छु लोकतन्त्रको आधारभूतमान्त्यता विधिको शासन हो । कानून निर्माणको थलो संसद नै हो´, देउवाले भने ।

`हामीले आवश्यक कानून बनाउन ढिलाई गर्नु हुँदैन । म यस विषयमा माननीय संसदहरूको गम्भीरतापूर्वक ध्यान आकृष्ट गर्न चाहन्छु । संविधानको कार्यान्वयनसँग सम्बन्धित नागरिकका सरोकारका विषयमा आवश्यक पर्ने थप विधेयकहरू पनि सरकारले चााँडै संसदमा पेश गरोस भन्ने आग्रह गर्दछु´, सभापति देउवाले भने ।

Published : Friday, 2025 January 31, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया