कांग्रेसले सहकारी समस्याबारे छलफल गर्ने, सभापति देउवा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसकाे सहकारी विभागले “नेपाली कांग्रेस र सहकारी” विषयक एक दिवसीय विचार गोष्ठी राखेको छ ।

शनिबार वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा गाेष्ठी राखिएको विभागका प्रमुख देवेन्द्रराज कँडेलले बताए । कार्यक्रमकाे उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने छन् ।

सहकारी सम्वन्धि गाेष्ठी माघ १९ गते बिहान ९ बजे हुनेछ । कार्यक्रममा नेता तथा कार्यक्रममा सहभागिता रहनेछ ।

Published : Friday, 2025 January 31, 6:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया