सरकारको समग्र मूल्याङ्कन गर्न ६ महिनाको समय प्रयाप्त हाेइन, यो समयमा गरेका काम राम्रा छन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार गठन भएको साढे छ महिना पूरा भएको भन्दै सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।
शुक्रबार नयाँ वानेश्वरस्थित संसद भवनमा बसेकाे बैठकमा सम्बाेधन गर्दै देउवाले भने, `विगतमा सरकार स्थिर हुन नसकेको कारण देशको राजनीनितक र न्य क्षेत्रमा नकारात्मक प्रभाव परेको हुँदा यो सरकार गठन गररएको हो ।´
सभापति देउवाले भने, `नेपाली कांग्रसे र एमालेबीच सात बँदे सहमति भएर सरकार गठन भएको हो । हामी दुई दलका साथै अन्य राजनीनितक दलहरूको पहलमा सरकारमा सहभागिता र समर्थन रहेको छ ।´
`नेपाली कांग्रसे र एमालेबीचको सात बँदे सहमति कार्यान्वयन गर्ने विषयमा नेपाली कांग्रेस दृढ छ । यो सहमति कार्यान्वयन हुन्छ । अन्य सहयोगी राजनीतिक दलहरूको पनि निरन्त्तर सहयोग रहनेछ भन्ने मैले विश्व गरेको छु ।´
`संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यस्थाको सुदृढीकरण र यसै व्यस्थाका माध्यमले मुलुकमा दिगो शान्ति स्थापना गर्ने भ्रष्टाचार नियन्त्रण गर्दै देशमा सुशासनको प्रत्याभुत गर्ने, देशको अथातन्त्रलाई चलायमान बनाउँदै अर्थिक प्रगति गर्ने, विकास निर्माणलाई तिब्रता दिने, देशको आर्थिम स्थितिलाई सुदृढ गर्दै समृद्व प्रायास गर्ने सरकारको मुख्य ध्येय हो´, देउवाले भने ।
सभापति देउवाले भने, `सरकार यस मार्गमा सकारात्मक रुपले काम गरिरहेको छ र आगामी दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु । सरकारको समग्र मूल्याङ्कन गर्न ६ महिनाको समय प्रयाप्त हाेइन । सरकारले यो समयमा गरेका काम राम्रा छन् । यसले भविष्यमा असल परिणाम देखिने मैले अनुमान गरेको छु ।´
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया