लुम्बिनी प्रहरीले रामग्राममा लागुऔषध काराेबारीलाई गाेली हानेर ढाल्याे

बुटवल । जिल्ला प्रहरी कार्यालय नवलपरासीले गाेली प्रहार गरि लागुऔषध ५२ वर्षीय राजेश लाेनियालाई पक्राउ गरेकाे छ ।
बिहीबार राति करिब ८ बजे नवलपरासीकाे रामग्राम नगरपालिपका वडा नम्बर १२ पचगाँवा बस्ने लाेनियालाई पक्राउ गरेकोे प्रहरीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । लुम्बिनी प्रहरीको नेतृत्व सम्हालेपछि डीआईजी दानबहादुर कार्कीले लागुऔषधका काराेबारीमाथि उच्च निगरानी गर्न निर्देशन दिएका छन् । लुम्बिनीमा प्रहरीले कानून विपरितका काम कारबाहीलाई नियन्त्रण गर्न तिब्रता दिएकाे छ ।
लोनियाको घरमा लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र नवलपरासी प्रहरीको संयुक्त प्रहरी टोलीले लागुऔषध सहित पक्राउ गरेकाे छ ।
परिमाण नखुलेको लागुऔषध (ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ) सहित लोनियाको घर बाहिरबाट मानिस नियन्त्रणमा लिन खोज्दा अचानक प्रहरीमाथि आक्रमण गर्न आएपछि प्रहरीले ३ राउन्ड गाेली चाएकाे छ । लाेनियालाई एक गाेली लागेकाे छ । खुट्टामा गाेली लागेका लाेनियालाई प्रहरीले उपचार गराएको छ ।
प्रहरीको हातबाट पेस्तोल खोस्न जाईलागेकोले आत्मरक्षाको लागि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जनाएको छ । घटना पश्चात् उनीहरू भाग्न खोजेकोले १ राउण्ड फायर गरि राजेश लोनियालाई बायाँ खुट्टामा गोली लागेर घाइते अवस्थामा नियन्त्रणमा लिईएको विज्ञप्तिमा उल्लेख छ ।
`तत्काल जिल्ला अस्पताल परासीमा पठाईएकोमा हाल भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको, उक्त लागुऔषध किनबेचमा संलग्न रहेको १ जना ब्यक्ति फरार रहेको, उक्त स्थानबाट ९३ पुरिया (९५.९८ ग्राम ब्राउन सुगर जस्तो देखीने धुलो पदार्थ) लागऔषध समेत नियन्त्रणमा रहेको छ´, विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया