मानेभञ्ज्याङमा गाडी दुर्घटना, ३ जनाको मृत्यु

मानेभञ्ज्याङ । ओखलढुङ्गा जिल्लामा टाटा सुमो गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
बिहीबार मानेभन्ज्याङ गाउँपालिका वडा नं. ७ स्थित सिद्धिचरण राजमार्गमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा सुजन गुरुङ र आफन्त ४५ वर्षीय तारा गुरुङ रहेका छन् ।
टाटा सुमो गाडी बिरामी बोकेर खोटाङको दिक्तेदबाट काठमाडौंतर्फ जाँदै गरेको थियो । छोरा सुजन बिरामी भएपछि मायादेवीले आफन्त तारालाई साथमा लिएर उपचारका लागि जान लागेकी थिइन् ।
Published : Thursday, 2025 January 30, 1:11 pm
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया