धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सोनाम ल्होसार पर्वको अवसरमा शुभकामना दिएका छन् ।
बिहीबार सभापति देउवाले शुभकामना सन्देश जारी गरेर तामाङ जातिको अत्यन्त महत्वपूर्ण पर्व सोनाम ल्होसार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिएका हुन् ।
उनले स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।
उनले भने, ‘विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीति रिवाज र परम्परा छन् । जस मध्ये सोनाम ल्होसारले जनजिवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ ।’
‘तामाङ जातिहरू प्रकृतिप्रेमीका रुपमा चिनिन्छन् । सोनाम ल्होसारमा तामाङ जातिले कुलपूजा र प्रकृतिको पूजा गर्ने तथा अन्य समुदाय र सबै धर्मका व्यक्तिहरूलाई खुल्ला हृदयले स्वागत गर्दै विशेष गरी देशका विभिन्न भागहरूमा मनाइने सोनाम ल्होसार (नयाँ वर्ष) ले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाएका छन्’, सभापति देउवाले भने ।
उनले भने, ‘यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु र यस अवसरमा सबैमा पुनः शुभकामना व्यक्त गर्दछु ।’
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया