मन्त्री राणालाई स्वर्गद्वारी कांग्रेसद्वारा स्वागत, रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन

स्वर्गद्वारी । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन् ।

बुधबार प्यूठानको स्वर्गद्वारी नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मन्त्री राणा उद्घाटन गरेका हुन् । उनले खेलकुदको विकासमा आफूले हमेसा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

विगतमा आफू पनि खेलकुदको क्षेत्रसँग जोडिएको भन्दै मन्त्री राणाले खेलाडी र खेलकुदको भौतिक पूर्वाधारमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

यसअघि, मन्त्री राणाले नेपाली कांग्रेस स्वर्गद्वारी नगर कार्यसमितिद्वारा आयोजित स्वागत कार्यक्रममा सहभागी भएका थिए ।

नेपाली कांग्रेस प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत रहेका मन्त्री राणालाई कांग्रेसको स्वर्गद्वारी नगर कार्यसमितिले स्वागत गर्नुका साथै नगरपालिकाभित्रका विभिन्न समस्याहरूको जानकारी गराएको छ ।

मन्त्री राणाले आफूले सक्ने विकास निर्माणका कार्यहरूमा भेदभाव नगरिकन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विकासको काम र योजना लिएर आउने जोसुकै भए पनि आफूले सहयोग गर्ने बताएको नेपाल तरुण दल प्यूठानका अध्यक्ष कृष्ण बस्याल ‘रोयल’ले बताएका छन् ।

कार्यक्रममा प्यूठान कांग्रेसका पूर्व सभापति सुवास के.सी., जिल्ला उपसभापति देवेन्द्र बर्मा, जिल्ला सचिव टोपाराम कालाथोकी लगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2025 January 30, 12:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया