पर्यटन व्यवसायी कार्कीलाई सफल पर्यटन पुरस्कार

काठमाडौं । राष्ट्रिय नागरिक विकास समाजले ‘सफल पर्यटन पुरस्कार २०८१’ पुरस्कारबाट पर्यटन व्यवसायी रोहित कार्कीलाई सम्मान गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा पर्यटन व्यवसायी कार्कीलाई समाजले सम्मान गरेको हो । कार्की पर्यटनको क्षेत्रमा सफल उद्यमी मानिन्छन् ।
कार्यक्रमका प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले पर्यटन व्यवसायी कार्कीलाई समाजको तर्फबाट प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।
समाजले भनेको छ, ‘लामो समयदेखि अत्यन्तै इमान्दारी र समर्पणका साथ यात्राको क्षेत्रमा रोहित कार्की सक्रिय हुनुहुन्छ ।’
हलिडे ट्रिप नेपाल प्रा. लि.का प्रबन्ध निर्देशक, विभिन्न संस्थाहरूमार्फत कार्कीले आफ्नो कुशल सीप र नवीन सोंच मार्फत राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै समाजले सम्मान गरेको जनाएको छ ।
‘आफ्नो कार्यक्षेत्रबाट आन्तरिक तथा बाह्य पर्यटन विकासमा तपाईंले गरिरहनुभएको प्रशंसनीय र अद्वितीय कार्यको कदर गर्दै राष्ट्रिय नागरिक विकास समाजले यस वर्षको सफल पर्यटन पुरस्कार २०८१ बाट सम्मान गर्दछ’, समाजले भनेको छ ।
कार्यक्रममा सञ्चार, सूचना तथा प्रविधि राज्यमन्त्री रूपा बि.क.का साथै चिम्को अधिकारी, सर्वश्री, भीमसुवा गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया