ऐरावतीका कमल जबरजस्ती करणीमा पक्राउ, शंकास्पद अर्का पनि गिरफ्तार

ऐरावती । जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय प्यूठानले एकजनालाई पक्राउ गरेको जनाएको छ ।

प्यूठानको ऐरावती गाउँपालिका वडा नं. ५ बालबिसौना बस्ने ३३ वर्षीय कमल नेपालीले ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

कमल नेपालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

घटनामा संलग्न शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ ।

Published : Wednesday, 2025 January 29, 11:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया