बीरगञ्जबाट राजश्व छलीका सामान बोकेर हिँडेको ट्रक मकवानपुरमा पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिल बिजकभन्दा बढि मालसमान बोकेको ट्रकलाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाएको छ ।
ट्रकमा बिलबिजकभन्दा धेरै सामान भएको शंका लागेपछि प्रहरीले बा.प्र. ०३–००१ ख २८८४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर चेकजाँच गरिएको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
सोमबार राति १० बजे इलाका प्रहरी कार्यालय, ठिगंनबाट खटिएको प्रहरी टोलीले ट्रकलाई नियन्त्रणमा लिएको थियो ।
बकैया गाउँपालिका वडा नं. १२ ठिंगनस्थित चेकपोष्ट अगाडि सडकखण्डमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा बीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रकलाई नियन्त्रणमा लिइएको थियो ।
ट्रकमा बिलबिजकभन्दा धेरै सामानहरू (लत्ता कपडा) रहेको एसपी खड्काले बताए । मालसामानसहित ट्रक र ट्रक चालक मकवानपुरको थाहा नगरपालिका वडा नं.८ बस्ने वर्ष २९ प्रचण्ड गोपालीलाई नियन्त्रणमा लिइएको छ ।
मालसामानसहित ट्रक र चालकलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया