तस्करी, अपराध, दुर्घटना, नियन्त्रण गर्न डीआईजी कार्कीको निर्देशन, लुम्बिनी प्रहरीभित्र हलचल

मसुरिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख समेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले समग्र प्रदेशको शान्ति सुरक्षा र अपराध अनुसन्धानमा समयसापेक्ष कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
मंगलबार डीआईजी कार्कीले लुम्बिनी प्रदेशमा मातहतका निकायलाई भिडियो कन्फेरेन्समार्फत समग्र प्रदेशको शान्ति सुरक्षा, अपराध अनुसन्धान, लागू औषध दुर्व्यसनी नियन्त्रण, दुर्घटना न्यूनीकरण, भन्सार छली तथा तस्करी नियन्त्रण लगायत अन्य प्रहरी कार्य सम्पदानका विषयहरूमा समयसापेक्ष निर्देशन सम्बोधन गरिएको प्रेस नोटमा उल्लेख छ ।
डीआईजी कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतको लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल र लुम्बिनी प्रदेश प्रहरी गण, खजुरा बाँके तथा सम्पूर्ण जिल्ला प्रहरी कार्यालयहरूका कार्यालय प्रमुखहरूलाई भिडियो कन्फेरेन्समार्फत समग्र प्रदेशको शान्ति सुरक्षा, अपराध अनुसन्धान, लागू औषध दुर्व्यसनी नियन्त्रण, दुर्घटना न्यूनीकरण, भन्सार छली तथा तस्करी नियन्त्रण लगायत अन्य प्रहरी कार्य सम्पदानका विषयहरूमा निर्देशन दिएका हुन् ।
कार्कीले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि ५ महिनामा संकलन हुन नसकेको राजश्व १ महिनामै संकलन गरेको छ । विभिन्न अपराधमा संलग्न, कैद भुक्तान गर्न बाँकी फरार अपराधीहरू लगायतलाई पनि ५ महिनामा हुन नसकेको कार्यसम्पादन १ महिनामा भएको तथ्याङ्कले देखाएको छ ।
डीआईजी कार्कीले लुम्बिनी प्रदेश प्रहरीको कमाण्ड सम्हालेपछि शान्ति सुरक्षा लगायतमा प्रहरीले कार्यसम्पादनमा राम्रो गरेको भनेर लुम्बिनी प्रदेश सभा बैठकमा सांसदहरूले प्रहरीको प्रशंसा गरेका छन् ।
कानून विपरित कार्य गर्ने प्रहरीलाई दण्ड र राम्रो कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई डीआईजी कार्कीले पुरस्कारको व्यवस्था गरेका छन् । प्रहरीभित्र कार्कीको कार्यसम्पादनले हलचल उत्पन्न गरेको छ ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया