अद्भूत क्षमता भएकै कारण सभापतिले निरन्तर चुनाव जित्दै आउनु भएको छ : बालकृष्ण खाण

भैरहवा । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणले सभापति शेरबहादुर देउवामा अद्भूत क्षमता भएकै कारण निरन्तर चुनाव जितेर सफल हुँदै आएको बताएका छन् ।
सोमबार रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ४ फर्साटिकरमा नेपाली कांग्रेस क्षेत्र नं. ३ प्रदेश २ क्षेत्रीय कार्यसमितिले आयोजना गरेको १०० दिने अभियानको कार्यक्रममा नेता खाणले सभापति देउवामा क्षमताको प्रशंसा गरे । उनले क्षमता भएकै कारण देउवाले २०४८ सालदेखि डडेल्धुराबाट चुनाव निरन्तर जित्दै आएको बताए । खाणले भने, ‘सभापति शेरबहादुर देउवा धेरै बोल्नु हुँदैन । नबोलेरै काम गर्नु हुन्छ । उहाँबाट हामीले पनि धेरै कुरा सिक्नुपर्छ । आफूले लिएको उद्देश्य सभापतिज्यूले पूरा गर्न सक्ने क्षमता राख्नु हुन्छ ।’

सभापति देउवाको नेतृत्व क्षमता कै कारण गएको निर्वाचनमा कांग्रेस ठूलो पार्टी भएको र विरोधीहरूले धेरै प्रयास गर्दा पनि कांग्रेस सत्तामा पुगेको बताए ।
नेता खाणले १०० दिने अभियानले कांग्रेसलाई थप मजबुत बनाउने बताएका छन् । उनले कांग्रेस बलियो भयो भने मात्रै लोकतन्त्र बलियो हुने र देशमा शान्ति, सुरक्षा अमनचयन कायम हुने बताए ।
नेपाली कांग्रेसका नेता एवम् महासमिति सदस्य विमल ढकालले १०० दिने अभियानले पार्टीभित्रको मनमुटाव हटाउने बताए । ‘१०० दिने अभियानमा कांग्रेसले गरेका राम्रा कामको प्रचार गर्न हो’, नेता ढकालले भने, ‘हामी एक भएर जाने हो भने एकल बहुमत ल्याउन सक्छौँ । आगामी चुनावमा एकल बहुमत ल्याउने गरेर अभियान चलाएका हौँ ।’

नेता ढकालले नेताहरूले एकले अर्काको विरोध नगर्ने हो भने कांग्रेस सफल हुने बताए । उनले भने, ‘पार्टीको आन्तरिक राजनीतिमा हारजित हुन्छ । पार्टीको उम्मेदवार हराउन लाग्नु हुँदैन ।’
कांग्रेस नेतृ श्रीमती डा.जीवन रानाले कांग्रेसको १०० दिने अभियानले पार्टीको संगठनलाई सुदृढीकरण गर्न मद्दत पुग्ने बताइन् । रुपन्देही जिल्लाले बालकृष्ण खाण जस्तो नेता पाएको भन्दै आगामी चुनावमा रुपन्देही कांग्रेसले इतिहाँस बनाउने विश्वास लिएको बताइन् ।
नेपाल कांग्रेस रुपन्देही क्षेत्र नं. ३ (२)का सभापति घनश्याम चालिसेको सभापतित्वमा भएको कार्यक्रममा नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया